विपी राजमार्गमा ठूला गाडी सुचारु गराउन दोलखा र रामेछापका व्यवसायीको माग

तस्बिरः दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की ।

चरिकोट, ७ जेठ । विपि राजमार्गमा सिन्धुली प्रशासनले ठूला गाडी गुड्न रोक लगाएसँगै दोलखा र रामेछापबासीको ध्यानाकार्षण भएको छ । विपी राजमार्गमा ठूला गाडी बन्द गराउँदा त्यसको प्रत्यक्ष मार दोलखा र रामेछापबासीले भोग्नु परेको भन्दै सिन्धुली प्रशासनको ज्याजदी रोक्न संघीय सरकारसँग माग गरेका छन् ।
दोलखा उद्योग बाणिज्य संघले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत विपी राजमार्गमा ठूला गाडी रोक्ने निर्णय रोक्न संघीय सरकारसँग माग गरेका छन् । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले सिन्धुलीमा सरकारका प्रतिनिधिले दोलखा, रामेछाप र ओखढुङ्गा जिल्लामा जाने र आउने ठुला मालबाहक र यात्रुबाहक सवारीसाधनहरु रोकेको प्रति ध्यानाकर्षण भएको बताए । ‘सिन्धुली प्रशासनले रुटप्रमिट नभएको कारण देखाउँदै सवारी रोक्ने घोषणा ग¥यो’ उनले भने ‘यसको असर दोलखामा आउने सयौं सवारीसाधनहरु रोकेको प्रति उद्योग बाणिज्य संघ दोलखाले सरकारको ध्यानाकर्षण गराएको हो ।’
विपी राजमार्गमा गाडी रोकिदा तराईका भु–भागबाट सिन्धुली रामेछापहुँदै आवतजाबत गर्ने यातायातका साधानहरु बिगत जेठ ३ गतेदेखि रोकिएका छन् । त्यसले तराईबाट दोलखा र रामेछापका लागि आउने निर्माण सामाग्री र उपभोग्य सामाग्री समेत रोकिएका छन् । निर्माण सामाग्री र उपभोग्य सामाग्री काठमाडौ हुँदै आउँदा प्रतिकिलो ५ रुपैंयासम्म महङ्गो पर्छ ।
‘सरकार समृद्धि र नागरिकको जीवनस्तर उकास्ने नारा लगाउँछ’ ज्ञापन पत्रमा भनिएको छ ‘सर सुचारु भएको सडकमा साना गाडीको मात्र पुनः रुट परमिटको नाममा प्रशासनले सिण्डिकेट लगाएको छ ।’ याततायात संञ्चालनमा डिलाई गरे चरणबद्ध आन्दोलनमा उत्रने पनि संघका अध्यक्ष कार्कीले दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई चेतावनि दिएका छन् । प्रजिअ पाठकले भने सरकारले नियम अनुसार कार्य गरिरहेको र अस्थाई रुट परमिट दिएर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।
रामेछाप उद्योग वाणिज्य संघले पनि मालबाहक र यात्रुबहाक ठूला बस रोके आन्दोलन गर्ने चेतावनी दिएको छ । विपी राजमार्ग अन्तर्गत महोत्तरीको वर्दीवास हुँदै सिन्धुली, खुर्कोट–मन्थली–दोलखा र मन्थली हुँदै काभ्रेको धुलीखेलसम्मको सडकमा २०७१ सालवाट यातायातका साधनहरु संचालन हुँदै आएको छ । हाल आएर सिन्धुली प्रशासनले रामेछाप तर्फ चल्ने मालवाहक गाडीको हकमा १० टन सामान वोक्न सक्ने र यात्रुवाहको हकमा १८ सिटसम्मका यातायातका साधनहरुलाई मात्र संचालन गर्न पाउने भन्दै सोही वमोजीमको सूचना गरेपछि रामेछाप र दोलखा उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लाको ढुवानी व्यवसायी संघ समेत आन्दोलन गर्ने तयारीमा पुगेको हो ।
सिन्धुली र रामेछापको सिमाना नदी सुनकोशीको खुर्कोटमा पक्की मोटरेवल पुल निमार्ण हुनु अगावै १६ र १८ चक्के मालवाहक गाडी समेत संचालन हुँदै आएको थियो । त्यसपछि खुर्कोटको पुल निमार्ण सँगै तराई र रामेछाप साना तथा ठूला मालवाहक गाडी समेत संचालन हुन थालेपछि रामेछापेली जनताको लागि उक्त सडक वरदान सावित हुँदै आएको थियो ।
विगतमा झैं रामेछाप तर्फ चल्ने यातायातका साधनलाई सिन्धु्ली प्रशासनले प्रतिवन्ध लगाएपछि रामेछाप उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रन वाध्य भएको रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले जानकारी दिए । आईतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा वसेको सर्व पक्षीय वैठकले पनि व्यवसायीहरुको आन्दोलनलाई सर्मथन गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम वहादुर खड्का मन्थली र रामेछाप नगरपालीकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत जिल्लाका राजनीतिक दल र नागरिक समाजका अगुवाहरु समेतको उपस्थितीमा सडकका नाममा श्रृखलाबद्ध रुपमा सिन्धुली प्रशासनले सिण्डिकेट लगाएको ठहर गरेको छ । वैठकले त्यसको लागि केन्द्रीय सरकार र प्रदेश सरकारसँग समेत छुट्टा–छुट्टै रुपमा ध्यानार्कषण गराउनुको साथै यसको दिर्घकालिन समस्याको समाधानका लागि तत्काल मन्त्री र सम्वन्धित मन्त्रालयको सचिव र निर्देशक समेत भेटेर कुरा गर्न डिलीकेशन समेत जाने निर्णय भएको छ ।

Shares

Be the first to comment on "विपी राजमार्गमा ठूला गाडी सुचारु गराउन दोलखा र रामेछापका व्यवसायीको माग"

Leave a comment

Your email address will not be published.


*