विद्युत महशुल काउन्टर पाँच दिन बन्द हुने

दीक्षण समाचार
चरिकोट, मंसिर २९
नेपाल विद्युत प्राधिकरण दोलखाका वितरण केन्द्र दोलखाको महसुल संकलन (आय संकलन) काउन्टरहरु पाँच दिन बन्द हुने भएको छ । केन्द्रले एक सूचना जारी गर्दै पुष एक देखि पाँच गतेसम्मको लागि महसुल संकलन काउन्टर बन्द हुने जनाएको हो । मंसिर महिनाको खपत अर्थात २०७८ पौष १ गते देखिको रिडिङ्गमा लागू हुने गरी नयाँ विद्युत महशुल निर्धारण भएको र परिवर्तित महशुल दर प्राधिकरणको एमपावर विलिङ्ग सिस्टममा आद्यवधिक गर्नुपर्ने हुँदा काउन्टरको सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ । वितरण केन्द्रले चरिकोट, मैनापोखरी, जफे, जिरी, सिंगटी, भैँसे, बाघखोर, खरिढुँगाबाट विद्युत महशुल संकलन गर्दै आएको छ । विद्युत नियमन आयोगको कार्तिक ८ को निर्णयानुसार नेपाल विद्युत प्राधिकरणका उपभोक्ता (सामुदायिक थोक उपभोक्ता संस्थाका उपभोक्ता समेतका लागि) को नयाँ विद्युत मशसुल निर्धारण गरिएको हो ।

Shares

Be the first to comment on "विद्युत महशुल काउन्टर पाँच दिन बन्द हुने"

Leave a comment

Your email address will not be published.


*