ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन ३०
दोलखाको विगु गाउँपालिका वडा नं. ४ लादुकमा बालविवाह सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । टुकी सिविन तथा इकालका प्रहरी कार्यालय सिंगटीको सहकार्यमा वडा कार्यालयले बालविवाह रोक्ने उद्धेश्यले शान्ति आदर्श माविमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बालविवाहका दुष्प्रभाव तथा यसबाट उत्पन्न हुने खतरा, समस्याहरु र कानूनी व्यवस्थाको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गराइएको आयोजकले जनाएको छ । वडाध्यक्ष बुक्तम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय सिंगटीका इञ्चार्ज प्रहरी निरीक्षक सुशील केसी, विद्यालयका सहायक प्रधानाध्यापक पुष्पराज भट्टराई, टुकी सिविनका सन्तोषप्रसाद विमली लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
Be the first to comment on "विद्यालयमा बालविवाह सम्बन्धि सचेतना"