विद्यार्थीले चिया बेचेर उठाए ४ लाख

ब्लड क्यान्सर पिडित कसीलाई सहयोग गर्दै एक्का नेपालका कार्यक्रम अधिकृत विपिनकुमार श्रेष्ठ

दोलखा,
विद्यार्थीहरुले चिया बेचेरे ४ लाखभन्दा बढी रकम संकलन गरेका छन् । आफ्नो साथी ब्लड क्यान्सरबाट पीडित भएपछि उनलाई बचाउन विद्यार्थी साथीहरुले चिया बेचेर संकलन गरेको रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।
दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविको कक्षा ९ मा अध्ययन गर्दैगरेका १४ वर्षीय किशोर मदन केसी ब्लड क्यान्सरबाट पीडित भएपछि उनका साथीहरुले सदरमुकामको सातदोबाटो चोकमा एक हप्तासम्म चिया बेचेर रकम संकलन गरेका थिए । बुधबार सो रकम प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापामार्फत पीडितका बाबु नारायण केसीलाई हस्तान्तरण गरिएको हो ।
गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले चिया बेचेर संकलन गरेको रकम, विद्यालयले उपलव्ध गराएको ५० हजार रुपैयाँ र अभियानबाट प्रभावित भएर इजरायलबाट पठाएको ७० हजार गरी ४ लाख हजार ३४ हजार ४२५ रुपैयाँ पीडितका बाबु केसीलाई आज हस्तान्तरण गरिएको हो । पहिले गौरीशंकर बोर्डिङ स्कुल पढेका मदनको बहिनी मनीषा अहिले गौरीशंकर बोर्डिङ स्कुलमै पढ्छिन् ।
आफनी साथीलाई एक दिन निरास देखेपछि उनीबाट मदनलाई ब्लड क्यान्सर भएको थाहा पाएको उल्लेख गर्दै चिया बिक्रीका एक अभियन्ता आशिष चौलागाईँले भने, ‘उनको कुरा सुनेर हामीलाई पपनि निकै दुःख लाग्यो र चिया बेचेर रकम संकलन गर्ने अभियान चलायौँ ।’ आशिष गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्दैछन् । गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले यो अभियान चलाएका हुन् ।
मदन केसी एक वर्ष अघिसम्म गौरीशंकर बोर्डिङमा अध्ययन गरेको हुन् । गत बैशाखदेखि मात्र उनी कालिञ्चोक मावि गएका हुन् । साथी बचाउन कालिन्चोक माविका विद्यार्थीहरुले पनि आफूहरुबाट रकम उठाए, अभिभावकबाट रकम संकलन गरे र सो विद्यालयका शिक्षकहरुले पनि रकम थपिदिए । यसबाट विद्यालयले अहिलेसम्म २ लाख २० हजार ९२८ रुपैयाँ संकलन ग¥यो । सो रकम पनि आजै हस्तान्तरण गरिएको छ । मदनलाई बचाउन रकम संकलन गर्ने कार्य निरन्तर रहेको विद्यालयका प्रधानाध्यापक नवरान न्यौपानेले जानकारी दिए ।
आजै भीमेश्वर नगरपालिका ५ को आँकुरा बोर्डिङ स्कुलले पनि पीडितका बाबु केसीलाई १३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ । सातदोबाटो नजिक कृषि बजारका सन्तोष राउतको पहलमा संकलित १० हजार रकम पनि उनलाई हस्तान्तरण गरेका छन् । विद्यार्थीको साथी बचाउने अभियानमा विभिन्न संघ, संस्था र व्यक्तिहरुले सहयोगको प्रतिबद्धता जनाइरहेका छन् ।
भीमेश्वर नगरपालिका ५ घर भएका मदन केसी करिब १ महिनादेखि नागरिक अस्पतालमा उपचार गराइरहेका छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको र उपचार अत्यन्त महँगो हुने ब्लड क्यान्सरको उपचारका लागि आइरहेको सहयोग प्रतिआफू ऋणी भएको पीडितका बाबु नारायण केसीले बताए ।

Shares

Be the first to comment on "विद्यार्थीले चिया बेचेर उठाए ४ लाख"

Leave a comment

Your email address will not be published.


*