ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ११
सांकेतिक भाषाको माध्यमबाट पढाइ हुने भीमेश्वर बहिरा प्राथमिक विद्यालयका विद्यार्थीहरुको निःशूल्क दन्त परीक्षण गरिएको छ । चरिकोट स्थित ईन्द्र डेन्टलले विद्यालयमा आवासिय सुविधा लिई अध्ययन गरिरहेका २५ जना विद्यार्थीको दन्त परिक्षण गरिदिएको हो । उनीहरुमध्ये १० जनाको भने अस्पतालमै गई उपचार गर्नुपर्ने देखिएको डाक्टर प्रतिभा कार्कीले बताउनुभयो । ती विद्यार्थीलाई चाँडै अस्पताल लगिने प्रधानाध्यापक गुनराज सुवेदीले सुनाउनुभयो । विभिन्न जिल्लाका सुस्त श्रवण शक्ति भएका बालबालिकालाई आवासीय सुविधा सहित पढाइने उक्त विद्यालय २०७२ सालमा स्थापना भएको हो ।
Be the first to comment on "विद्यार्थीको दन्त परीक्षण"