विद्यार्थीको उदाहरणीय कार्य

गौरीशंकर बोर्डिङ स्कुल चरिकोटका विद्यार्थीहरुले आफ्नो साथीको उपचारका लागि चिया बेचेर रकम संकलन अभियान चलाए । उनीहरुको अभियानमा चिया पिउँदै धेरैले सहयोग गरे । एक हप्तासम्म संकलित रकम साथीका अभिभावकलाई हस्तान्तरण गरे ।
साथी कति महत्वपूर्ण हुन्छ भन्ने कुरा विद्यार्थीहरुको यो अभियानले पुष्टि गर्छ । गौरीशंकरका विद्यार्थी मात्र होइन । कालिञ्चोक माविमा अध्ययनरत विद्यार्थीहरुले पनि रकम संकलन गरे । गौरीशंकरका विद्यार्थीहरुले भन्दा फरक ढंगले रकम संकलन गरे । उनीहरु विभिन्न विद्यालय, व्यक्ति संघ संस्थाहरुमा पुगेर हारगुहार गर्दै रकम संकलन गरे ।
विद्यार्थीहरुको अभियान एउटा÷दुई वटा विद्यालयमा मात्र सिमित रहेन । भीम मावि, आँकुरा, द राइजिङ स्कुल लगायतका विद्यार्थीहरुले आफूले खाजा खाने पैसाबाट समेत थोरै बचत गरेर जम्मा गरेर सहयोग गरे ।
एक थुकी सुकी हजार थुकी नदी भने झैं ब्लड क्यान्सर जस्तो गम्भिर रोग लागेर मृत्युसँग संघर्ष गरिरहेका मदन केसी जस्ता साथीहरुका लागि जीवन दान नै भयो । विभिन्न विद्यालयका विद्यार्थीहरुको अभियानबाट एउटाको लागि जीवन दान नै हुन्छ । सहयोग गर्नेले धेरै गरे जस्तो नभए तापनि धेरैबाट स–सानो रकम लिंदा मदन जस्ताको लाग ठूलो रकम हुन्छ ।
हाम्रो देशमा स्वास्थ्य अत्यन्तै महङ्गो हुँदै गएको छ । ब्लड क्यान्सर जस्ता रोग लाग्दा लाखौं, करोडसम्म खर्च गर्नु पर्ने अवस्था छ । यस्ता रोग लागेपछि कमजोर आर्थिक अवस्था भएका परिवारका लागि ठूला रोग लागेपछि आर्थिक अभावमै भएको खर्च गरेर पनि ज्यान गुमाउनु बाध्यता जस्तै बनेको छ ।
शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मा लिनु पर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ । तर राज्यले यसको व्यवस्थापन गर्न सकेको छैन । विद्यार्थीहरुले आफ्नो साथी बचाउनका लागि सडकमा चिया बेच्नु पर्ने र कमजोर आर्थिक अवस्था कमजोर भएकाको बाँन्न पाउने अधिकारलाई सरकारले ध्यान दिन ढिला गर्नु हुन्न । राज्यले निशुल्क स्वास्थ्यको कुरा नारामा मात्र सिमित राख्नु हुन्न । संविधानमै शिक्षा, स्वास्थ्यलाई मौलिक हकको रुपमा प्रत्यभुती गरेको छ । त्यसलाई कार्यान्वयन गर्न जरुरी छ ।

Shares

Be the first to comment on "विद्यार्थीको उदाहरणीय कार्य"

Leave a comment

Your email address will not be published.


*