विदेशबाट फर्कि स्वदेशमै होटल व्यवसायी बने एक युवा

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन २०

चाहना, इच्छा, धैर्यताका साथ नेपाली माटो, नेपाली परिवेशमा रहेर कार्य गर्न सके स्वदेशैमा मनग्य आम्दानी गर्न सकिन्छ । परिवारको साथमा रहेर खुसी साट्दै आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ । यही कुरालाई मनन गर्दैै होटल व्यवसायमा लागि परेका छन्, दोलखाको वैतेश्वर गाउँपालिका १ गैरीमुदीका एक युवा कुमार श्रेष्ठ । ३ वर्ष विदेशमा काम गरि स्वदेश फर्किई स्वदेशैमा केहि गर्नुपर्छ, भन्ने सोचका साथ सदरमुकाम चरिकोटमा करिब ३५ लाख लगानीमा क्रिस्टल फुडल्याण्ड होटल एण्ड लज सञ्चालनमा ल्याएका श्रेष्ठले २० दिनको अवधीमा आन्तरिक तथा बाह्य पाहुनाको सेवा गर्न पाएकोे बताए । श्रेष्ठ होटललाई अझ अन्य होटल भन्दा  व्यवस्थित र  फरक बनाउने योजनाका साथ लागि परेका छन् । उनी अहिले वैतेश्वर क्याटरिङ् सर्भिसमा पनि आबद्ध रहेका छन् । सामान्य परिवारमा जेठा छोराका रुपमा जन्मिएका श्रेष्ठ सानै उमेरमा व्यापार व्यवसाय प्रति रुचि देखाउने गर्दथे । उनले युवाअवस्थामा नै काठमाडौँमा गई होटलमा कामपनि गरेका थिए । तर सो कामबाट सन्तुष्ट हुन नसकेपछि विदेशमा काम गर्न गएका थिए ।  तर विदेशमा उनले सोचेजस्तो काम पाउन सकेनन् । उनलाई परिवारबाट टाढा रहँदा खल्लो लाग्यो । नेपालको मायाले सतायो । विदेशमा ३ वर्ष काम गरेका श्रेष्ठले दोलखाको चिनारीका लागि विदेशमा दोलखाली युवा समाजको विस्तार गरी विदेशमा रहेका नेपाली युवालाई संगठित पारेका थिए ।
किसान पेशामा संलग्न हुदैँ आएका उनका बुबा आमा उनलाई सरकारी काम गरेको हेर्न चाहान्थे, तर उनले उद्यमी बन्ने अठोट सानै उमेरमा गरेका त्यस कारण उनी उद्यमी बन्न तर्फ लागे । तथापी होटल सञ्चालनमा ल्याएपछि बुबा आमा लगायत परिवारका सबै खुसी भई साथ सहयोग गरेको उनले बताए ।   आइ ए सम्म अध्ययन् गरका श्रेष्ठ होटल व्यवसायमा लाग्दा समाजले हेर्ने दृष्टिकोण जस्तो भएपनि आफुले होटल व्यवसायबाटै पर्यटन प्रवद्र्धन र दोलखालाई सम्बृद्ध बनाउन सहयोग गर्ने धारणा व्यक्त गर्छन् ।  होटल व्यवसायका लागि सहुलियत ऋण प्राप्त गर्न प्रक्रिया अघि बढाएता पनि झन्झटिलो र प्रक्रियामुखि रहेकाले समस्या आइपरेको उनले बताए । तसर्थ सरकारले होटल व्यवसायी बन्नका लागिमात्र नभई अन्य व्यक्तिलाई उद्यमी बन्नका लागि सहुलियत पुर्ण बिना धितो ऋण उपलब्ध गराउनुपर्ने उनले बताए । उनले भने “स्वदेशैमा केहि गर्ने अठोटका साथ अघि बढेपनि आर्थिक अभावले समस्या उत्पन्न भएको छ । साथै सडकको दुर्गति र बेलाबेलामा हुने गरेको नेपाल बन्दले धेरै समस्या उत्पन्न गराएको छ । कहिलेकाँहि त पीर लाग्छ । तर मनमा अठोट लिन्छु, यी समस्याले कुनै असर गर्दैन । समस्या आउछ, चुनौती आउछ, तर काम गर्न पछि हट्नु हुदैन ।” होटलले अन्य क्षेत्रलाईपनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोेग पु¥याउने उनले बताए । कुनैपनि व्यक्ति उद्यमशिल बन्न चाहन्छ, भने उसँग भएको सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने उनले बताए । साथै सरकारले यस्ता उद्यमी बन्न चाहनेलाई आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउनुपर्ने हुन्छ । उनले पैसा कमाउन मात्रै ठुलो कुरा होइन, समाजमा राम्रो काम असल काम गरेर समाजको प्रिय बन्नुपर्ने बताए ।
होटलमा सहुलियत दरले नेपाली मौलिक खानाका साथै विभिन्न परिकार प्राप्त गर्न सकिन्छ । साथै गौरीशंकर हिमाल, कालिञ्चोक मन्दिर आसआस, दोलखा बजारको दृश्यावलोकन गर्दै मिठा परिकारमा रमाउन सकिने उनले बताए । होटलमा मदिरा भने कम मात्रमा बिक्री गरिने र सभ्य समाज निर्माणका लागी सहयोग पु¥याउने उनले प्रतिबद्धता गरे ।

Shares

Be the first to comment on "विदेशबाट फर्कि स्वदेशमै होटल व्यवसायी बने एक युवा"

Leave a comment

Your email address will not be published.


*