दीक्षण समाचार
चरिकोट, बैशाख १४
किसानहरु फौजी किराबाट पीडित भइरेको बेला दोलखाको विगु गाउँपालिकाले फौजी किरा नियन्त्रणको लागि विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ । पालिकाको वडा नं.२,३,८ मा फैलिएको फौजी किराको प्रकोपले मकै र आलु बालीमा क्षति गरेकोले किसानहरुलाई विषादी प्रयोग गर्न सुझाव दिएको हो । हुर्किदैको मकै र आलुको पात व्यापक रुपमा किराका लार्भाहरुले क्षति गरेको कृषि शाखामा किसानद्धारा गुनासो आएकोले इमामेक्टिन बेन्जोएट नामक विषादी मात्रा मिलाई छर्न सूचनामार्फत सुझाव दिइएको कृषि अधिकृत उज्ज्वल खड्काले बताउनुभयो । विषादी आवशयक परेमा कृषि शाखाबाट वितरण गरिने उहाँले जानकारी दिनुभयो । आलुबारी, मकैबारी, गहुँबारीको नियमित अवलोकन गरी किराका अण्डा, लार्भा जम्मा पारी मार्ने, निमजन्य विषादीको प्रयोग गर्ने तथा व्यापक क्षति भएको अवस्थामा इमामेक्टिन बेन्जोएट नामक विषादीको प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो । उक्त विषादी ५ ग्राम १६ लि. पानीमा मिसाई बिहान तथा दिउँसो २ बजे पश्चात प्रयोग गर्न सकिन्छ ।
Be the first to comment on "विगु गाउँपालिकामा फौजी किरा नियन्त्रण गर्न विषादी वितरण हुँदै"