विगु गाउँपालिकाको गाउँसभामा सात जना सम्मानित

दीक्षण समाचार ÷चरिकोट, –दोलखाको विगु गाउँपालिकाको शनिबार सम्पन्न नवौँ गाउँसभामा विभिन्न क्षेत्रका सात जना व्यक्ति सम्मानित हुनुभएको छ । शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापन क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी खादा ओढाएर गाउँपालिकाले सम्मान गरेको हो । गौरिशंकर मावि, विगु–१, जगतका प्रधानाध्यापक कृष्ण बहादुर खड्का, ईलाका प्रहरी कार्यालय, सिंगटी कार्यरत प्रहरी निरीक्षक शुसिल के.सी., प्रहरी जवान बिक्रम ठकुरी सम्मानित हुनुभएको छ । त्यसैगरी गाउँपालिकाका एम्बुलेन्स चालक रविन्द्र उप्रेती, गाउँ प्रहरी भपिन्द्र खड्का र लाक्पागेली शेर्पा, लादुक स्वास्थ्य चौकी महिला स्वयमसेविका अप्सरा के.सी सम्मानित हुनुभएको पालिकाका सूचना अधिकारी पुजनप्रसाद अधिकारीले बताउनुभयो । उक्त सम्मानले सम्पूर्ण समृद्व विगु निर्माणको लागि अभिप्रेरित गर्ने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकाको गाउँसभामा सात जना सम्मानित"

Leave a comment

Your email address will not be published.


*