चरिकोट (दीस)ं)ंदोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई जर्सी गाई वितरण गर्ने भएको छ ।गाउँपालिकाको २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा जर्सी गाई वितरण गर्ने भएको हो । किसानहरुलाई गाई पालन तर्फ आकर्षण गरी दुधमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा गाई वितरण गर्ने तयारी गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पेमादोर्जे थोकरले बताए ।
जति राम्रो पालन पोषण भए पनि स्थानीय जातका गाईबाट दुध कम आउने भएपछि तर जर्सी गाईको दूध बढी आउने भएकोले ५० प्रतिशत अनुदानमा जर्सी गाई वितरणको कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन चाहने इच्छुक किसानहरुले १५ दिनभित्र गाउँपालिकाको पशु सेवा शाखामा निवेदन दिनुपर्ने हुन्छ ।
निवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा कार्यालयको सिफारिस र संक्षिप्त व्यवसायिक कार्ययोजना पेश गर्नुपने निमित्त प्रमुख प्रशासकीय अधिकृत थोकरले बताए । गाउँपालिकाले व्यवसायिक पशुपालन तथा कृषि तर्फ किसानको मोह बढाउन अनुदानको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Be the first to comment on "विगुमा ५० प्रतिशत अनुदानमा जर्सी गाई"