विगुमा ब्याक लोडरले ठक्कर दिदाँ एक बालकको ज्यान गयो

चरिकोट –दोलखाको विगु गाउँपालिकामा सडक निर्माण गर्ने क्रममा ब्याक लोडरले ठक्कर दिदाँ एक बालकको ज्यान गएको छ । पालिकाको वडा नंम्बर ५को झोरुम सोरुम सांवा सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा लोडरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो । शनिबार अपरान्ह ४ः ३० बजे अवरुद्ध सडक पन्छाउने क्रममा बा ३ क १२०६ नंम्बरको ब्याक लोडरले ठक्कर दिँदा विगु गाउँपालिका वडा नंम्बर ५ चिलंखा घर भई झोरुम सोरुममा होटल गरि बस्ने रमेश खड्काको छोरा वर्ष ४ का रोजन खड्काको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घट्ना पछि ठक्कर दिने ब्याकलोडरलाई इलाका प्रहरी कार्यालय सिंगटीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शब पोष्टमार्टमको लागि प्राथामिक स्वास्थ्य केन्द्र चरीकोटमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "विगुमा ब्याक लोडरले ठक्कर दिदाँ एक बालकको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*