वालुवा बोकेका टिपर प्रहरी नियन्त्रणमा

चरिकोट– वालुवा बोकेर भीमेश्वर नगरपालिका प्रवेश गरेका ट्रिपरहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सोमबार देखी नियन्त्रणमा लिन थालेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ मलेपु स्थित एग्रीगेट इन्डस्ट्रिज प्रा.लिले सञ्चालनमा ल्याएको क्रसर उद्योगबाट निर्माण सामाग्री बोकेर आउदै गरेको निजी तथा भाडाका ट्रिपरहरुलाई सदरमुकाम चरिकोटबाट नियन्त्रणमा लिएको हो। कानुन विपरीत गिटी बालुवा ओसारपसारमा संलग्न रहेको भन्दै सोमबार विहान देखि राति ११ बजेसम्म ११ ओटा मालबाहक ट्रिपर नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जाननकारी दिए। “दोलखादेखि सिंगटीसम्मको सडक कालोपत्रेको ठेक्का पाएको स्वच्छन्द निर्माण सेवालाई मात्रै माल सामान उत्पादन र ढुवानी गर्न पाउने भन्दै सञ्चालनमा आएको एग्रीगेट इन्डस्ट्रिजले चर्को मुल्यमा बजारमा समेत माल बेच्ने गरेको सुचना आएपछि हामीले माल सहितको ट्रिपर नियन्त्रणमा लिएका हौँ” प्रहरी नायव उपरीक्षक पाठकले भने। राज्यका नीति नियमलाई लत्याइएर प्राकृतिक स्रोतको दोहन गर्ने प्रयास भएकोले त्यस्लाई नियन्त्रण गर्न लागिपरेको बताउदै पाठकले जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको छफलपछि मात्रै सबै विषयको टुंङगो लाग्ने बताए।

Shares

Be the first to comment on "वालुवा बोकेका टिपर प्रहरी नियन्त्रणमा"

Leave a comment

Your email address will not be published.


*