वाइसिएल र अनेरास्वियू क्रान्तिकारी दोलखाद्धारा विद्युत र टेलिकममा ज्ञापन पत्र

चरिकोट (दीस) – नेकपा माओवादी केन्द्रको भात्रृ संगठन वाइसिएल र अनेरास्वियू क्रान्तिकारी जिल्ला समिति दोलखाले आज नेपाल विद्युत प्राधिकरण र टेलिकममा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो पटक दोलखामा विद्युत र टेलिफोनमा नियमित नहँुदा स्थानीयले हैरानी खेप्दै आएको बेला बिद्युत र टेलिफोन नियमित गर्न माग राख्दै २ संगठनले ज्ञापनपत्र बुझाएका हुन । बिद्युत हवको रुपमा रहेको जिल्लामा विद्युत नियमित नहँुदा बिभिन्न त्यसको प्रत्यक्ष असर परेकाेले ज्ञापन पत्र बुझाएको वाइसिएल नेपाल दोलखाका संयोजक नबराज अर्यालले बताए । अघोषित लोडसेडिङ अन्त्य गर्न र टेलिफोन तथा ईन्टरनेट सेवालाई सहज गर्न ज्ञापन पत्रमा माग गरिएको अनेरास्वियू क्रान्तिकारी जिल्ला समिति दोलखाका अध्यक्ष रोशन खडकाले बताए । दोलखामा विद्युत दिनमा दर्जनौ पटक आउने र जाने गरेको गरेको छ । नेपाल टेलिकमको टेलिफोन र ईन्टरनेटमा समस्या आउँदा स्थानीयले हैरानी खेप्दै आएका छन् ।

Shares

Be the first to comment on "वाइसिएल र अनेरास्वियू क्रान्तिकारी दोलखाद्धारा विद्युत र टेलिकममा ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*