वर्षाले मन्थली बजार डुबानमा

मन्थली–रामेछापको सदरमुकाम मन्थलीबाट परीक्षा दिन जाने क्रममा रणजोर खोलाले बगाएर मन्थलीकी उष्मा फुयाँल बेपत्ता भएकी छिन् ।

मन्थलीबाट मुगीटार परिक्षा केन्द्रमा परीक्षा दिन हिँडेकी कक्षा ११ की १७ वर्षिय फुयाँलको खोला तर्ने क्रममा बगेर बेपत्ता भएकी हुन् । खोला तर्ने क्रममा बाढीले १६ किशोरी बगाएकोमा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा निशा शाह, जानुका बुढाथोकि र मनिषा पान्डे रहेको रामेछाप प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए । उनिहरुको अहिले रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेकोे छ । बाँकि १२ जना किशोरी भने उद्धार पछि परिक्षामा सामेल भएको र बेपत्ता किशोरी फुयाँलको खोजी कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Shares

Be the first to comment on "वर्षाले मन्थली बजार डुबानमा"

Leave a comment

Your email address will not be published.


*