वडा स्तरीय फुटवल शुरु

चरिकोट –दशैको अवसरमा वैतेश्वर गाउँपालिका वडा नंम्वर ६ मा वडा स्तरीय फुटवल प्रतियोगिता शनिवारबाट सूरु भएको छ । समाज सुधार समिति वैतेश्वरको आयोजनामा भएको उक्त प्रतियोगितामा भएको सुधार समितिका संयोजक भाइ काजी तमाङले जानकारी दिए । उद्धघाटन कार्यक्रममा वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रवि चन्द्र आचार्य , जिल्ला फुटवल संघ दोलखाका महासचिव कौरव पाण्डे ,वडा अध्यक्ष शम्सेर घिसिङ , दिक्षण दैनिकका कार्यकारी निर्देशक धुव्र आचार्य लगाायतको सहभागिता रहेको थियो । प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय टिमले क्रमश ३० हजार , २० हजार र १० हजार नगद सहित प्रमाणपत्र तथा मेडल पाउने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "वडा स्तरीय फुटवल शुरु"

Leave a comment

Your email address will not be published.


*