वडाध्यक्ष काफ्ले गरे १२ जनालाई सहयोग

दीक्षण समाचार
भीरकोट, २१ भदौ
तामाकोसी गाउँपालिका वडा नं. १ भीरकोटका वाडाध्यक्ष महेश काफ्लेले १२ जना अतिविपन्न व्यक्तिहरुलाई अपर तामाकोसी हाइड्रोपावर कम्पनीमा सेयर लगानीका लागि सहयोग गरेका छन् ।
लगानीकै अभावमा भीरकोटका अतिविपन्न १२ जना अपर तामाकोसीको सेयर लगानीबाट वञ्चित हुने भएपछि वडा अध्यक्ष काफ्लेले ५ हजारका दरले सेयरमा आवेदन गर्न सहयोग गरेका हुन् । वडा अध्यक्ष काफ्लेले आफ्नो पारिश्रमिकबाट उनीहरुलाई सहयोग गरेको जानकारी दिए ।
काफ्लेको सहयोगपछि १२ जनाले सेयर आवेदनको अन्तिम दिन ५० कित्ताका दरले लगानीको लागि आवेदन दिएका छन् । तामाकोसीका सेयरबाट कोही भीरकोटबासी नछुटुन् भनेर अति विपन्न १२ जना छानेर सहयोग गरेको जानकारी दिए । १२ जनाका लागि ६० हजार उनले सहयोग गरेका छन् ।
काफ्ले गरेका अतिविपन्नहरुमा प्रकाश विक, देवी माझी, शान्तिमाया माझी, बुधबहादुर आलेमगर, माया काफ्ले, फुलमाया माझी रहेका छन् । त्यसैगरी सम्झना माझी, कृष्ण माझी, दानबहादुर माझी, मेनुका विक, कुमार विक र विष्णुमाया आलेमगर रहेका छन् ।

Shares

Be the first to comment on "वडाध्यक्ष काफ्ले गरे १२ जनालाई सहयोग"

Leave a comment

Your email address will not be published.


*