दीक्षण समाचार /चरिकोट, – खोला किनारमा बनाइएका छाप्रो । त्यसभित्र पानीबाट चल्ने घट्ट। त्यसमा पिसेको पीठोबाट बनाइएका परिकार स्वादिष्ट हुन्थ्यो । सानो परिमाणका अन्न पिँध्न जाँतो प्रयोग हुन्थ्यो । तर धेरै मात्रामा पिस्नु परे पानी घट्टको विकल्पमा अरु थिएन । पानी घट्टमा मकै, गहुँ, कोदो पिसानीको लागि सर्वसाधारणको घुइँचो लाग्थ्यो । कुनै समय खोला किनारमा स्थापित पानी घट्ट मानिसको उपयोगी यन्त्र थियो । घट्ट सञ्चालन गर्नु धेरैको जिविकोपार्जनको स्रोत थियो । तर उबेला लोकप्रिय पानी घट्टको अस्तित्व अहिले लोप हुने अवस्थामा पुगेको छ । खोला नजिकै प्रयोगमा रहेका देखिने दर्जनौँ पानी घट्ट अहिले एउटा पनि भेट्न मुस्किल पर्छ । भएका घट्ट पनि प्रयोग हुन छाडेपछि माकुराको जालोले जेलिएको छ । कतैकतै भने घट्टको भग्नावशेष अझै देखिन्छ । पुर्खाहरूले आविष्कार गरेको कुटानीपिसानीको यन्त्र अहिलेको पुस्तालाई एकादेशको कथा हुन थालेको छ पानी घट्ट । गाउँगाउँमा विद्युत विस्तार भएसँगै परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेको हो । पानी घट्टको विकल्पमा बिजुलीबाट चल्ने सहज र छिटोछरितो तवरबाट कुटानीपिसानीका लागि आधुनिक मिल स्थापना भएको छ । पैसा हुनेहरूको त घरघरमा कम्माइन मिल जडान गरिएका छन् । पानीबाट चल्ने घट्टमा अन्न पिस्न खोला छेउमै पुग्नु पर्दथ्यो । ठन्न मात्रामा अन्नको भारी बोकेर कतिपयलाई जङ्गलको कठिन र लामो बाटो हिँड्नुपर्दा निकै समस्या पनि हुन्थ्यो । खोलामा पानी सुक्दा त अन्न पिस्न नपाउने चिन्ता हुन्थ्यो । तर अहिले विद्युतीय मिल गाउँमै स्थापना गरिएपछि स्थानीयलाई अन्न पिँध्न खोला किनारमा पुग्नु पर्दैन । छिटो र सहजै मिलमा अन्न पिसानी गर्न मिल्ने व्यवस्था भएपछि समयको बचत भएको छ । स्थानीय खोलामा पानी सुके पनि पीठो पिस्नको लागि भने चिन्ता लिनुपर्ने अवस्था दूर भएको छ । सजिलो र नयाँ प्रविधि आएपछि परम्परागत प्रविधि विस्थापित हुन्छ । त्यही कुरो लागू भएको हो पानी घट्टमा पनि । तर अहिले पनि केही ठाउँमा यसको प्रयोग हुने गरेको पाइएको छ । विद्युतीय मिलमा भन्दा पानी घट्टमा पिसेको पिठोको स्वाद मिठो हुने हुनाले सोको प्रयोग हुने गरेको शैलुङ गाउँपालिका–६ का वडाध्यक्ष राजु खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– मैले मेरो वडामा थाहा पाएसम्म दुई वटा पानी घट्ट चल्दै छ । डाँडाखर्कको ठूलो खोलामा र गुरुङ गाउँको खोलामा घट्ट सञ्चालनमा छ । त्यो घट्टहरुमा अझै पनि स्थानीयहरु अन्न पिस्न आउछन् ।
लोप हुँदै पानी घट्ट
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ४ माघ २०७८, मंगलवार १८:२९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "लोप हुँदै पानी घट्ट"