लिपुलेक–कालापानी भारतले नक्सामा समेटेको विरोधमा अनेरास्ववियू आन्दोलित

काठमाडौं <। लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू आन्दोलित भएको छ । नेपाली भूमिलाई भारतले कब्जाको शैलीमा नक्सामा समेटेर पुरानै रवैया दोहोर्याएको भन्दै सत्तारूढ दलको भ्रातृ सङ्गठन आन्दोलित भएको हो । अनेरास्ववियूले आज दिउँसो प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा विरोध प्रदर्शनको आयोजना गरेको सङ्गठनका नेता रश्मी आचार्यले जानकारी दिए । “लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो । भारतले सदियौंदेखि आँखा गाड्दै आएको छ । यसपटक उसले नक्सामै समेटेको थाहा पाएका छौं । तुरुन्तै सच्याउन आग्रह गर्छौं,” उनले भने । बुधबार प्रतीकात्मक विरोध र्‍याली आयोजना गर्ने र भारतले त्रुटी नसच्याए चरणवद्ध आन्दोलनमा उत्रने उनको चेतावनी थियो । अनेरास्ववियूले सामाजिक सञ्जालमा #gobackindia राखेर विरोधको शुरूआत समेत गरेको छ ।

Shares

Be the first to comment on "लिपुलेक–कालापानी भारतले नक्सामा समेटेको विरोधमा अनेरास्ववियू आन्दोलित"

Leave a comment

Your email address will not be published.


*