लामो दुरीमा २ चालक अनिवार्य राख्न र सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश

काठमाडौः सर्वोच्च अदालतले लामो दूरीको यातायात सेवामा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यो आदेशसँगै सवारी साधन दुई चालक राख्नु पर्ने भएको हो । अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ अनुसार, लामो यात्रामा चालक परिवर्तनको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
यससँगै अदालतले सिट क्षमताभन्दा बढी यात्रु नचढाउनु र यात्रुको इच्छा विपरीत ठूलो आवाजमा म्युजिक सिस्टम नबजाउन पनि आदेश दिएको छ। मोटरसाइकल चालकले सडकमा आतंक सिर्जना गर्ने गरी ठूलो स्वर र तीव्र गतिमा सवारी नचलाउनु, तथा १८ वर्ष उमेर नपुगेका नाबालकलाई परिचालकको रूपमा नलगाउन पनि स्पष्ट आदेश जारी भएको छ।

 

Shares

Be the first to comment on "लामो दुरीमा २ चालक अनिवार्य राख्न र सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश"

Leave a comment

Your email address will not be published.


*