लामोदौडको उपाधि कालिञ्चोक र कुटिडाँडालाई

फागुन ८, चरिकोट । एक्सेस ब्रान्ड प्राप्त हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय लामोदौड प्रतियोगिताको उपाधि कालिञ्चोक मावि र कुटिडाँडाले प्राप्त गरेका छन् ।

सहकारीको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत बिहिबार हाम्रो जनकल्याणले सदरमुकाम चरिकोटमा आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय छात्रा र छात्र लामोदौड प्रतियोगिताको छात्रातर्फका उपाधि कालिञ्चोक माविकि सुनिता पाख्रिन र छात्रतर्फको उपाधि कुटिडाँडा माविका सोनाम तामाङले प्राप्त गरेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

 

भीमेश्वर नगरपालिकास्थित सामुदायिक र संस्थागत गरी १३ ओटा विद्यालयका ५२ जनाको सहभागिता रहेको माध्यामिक विद्यालयस्तरिय लामोदौड प्रतियोगिता दुईतर्फी गरी ३ किलोमिटर दुरीको रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए । छात्रातर्फ प्रथम भएकी पाख्रिनले सो दुरी १४ मिनेट ३५ सेकेन्डमा पार गरेकी संस्थाका सीइओ बस्नेतले जनाए । पाख्रिनले ६ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । सर्व मावि जिलुकी सरला श्रेष्ठ द्धितीयलाई नगद ४ हजार, सुर्के माविकी सुस्मिता श्रेष्ठ तृतीयलाई २ हजार र राईजिङ स्टार बोर्डिङ स्कुलकी अप्सरा कार्की सान्त्वनालाई नगद एकहजार प्रदान गरिएको सीइओ बस्नेतले जानकारी दिए ।

 

छात्रतर्फ प्रथम भएका तामाङले ३ किलोमिटरको दुरी ११ मिनेट ४० सेकेन्डमा पार गरेका थिए । भीम माविका ओमचन्द श्रेष्ठ द्धितीय भएर नगद ४ हजार, सुर्के मावि खरिढुंगाका धावासाङ तामाङ तृतीय भएर २ हजार र सुर्के माविकै दिपेश श्रेष्ठ सान्त्वना भएर नगद एकहजार प्राप्त गरेको सीइओ बस्नेतले जानकारी दिए । उपाधि प्राप्त गर्नेलाई भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले नगद, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक जीवसराज खडका, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहितचन्द्र खडका लगायतको उपस्थिति रहेको थियो । छोटोदौडमा विशेष सहयोग गर्ने प्रहरी, दोलखा सामुदायिक अस्पताल लगायतलाई प्रशंसा पत्र वितरण गरिएको सीइओ बस्नेतले जानकारी दिए ।

 

Shares

Be the first to comment on "लामोदौडको उपाधि कालिञ्चोक र कुटिडाँडालाई"

Leave a comment

Your email address will not be published.


*