लामा समुहद्धारा उम्मेदवारी घोषणा ,जित्ने दाबी

दीक्षण समाचार /चरिकोट, – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज हुने दोलखा जिल्लाको अधिवेशनमा बर्मा लामा समुहले उम्मेद्वारी घोषणा गरेको छ । बिहीबार एक सभा आयोजना गरी जिल्ला सभापतिमा बर्मा लामा, उपसभापतिमा कृष्ण बहादुर खड्का तथा चित्र बहादुर श्रेष्ठ (गौतम) सचिवमा रामेश्वर उप्रेती र सन्तोष पाठक, सहसचिवमा कविराज थामी र एमबिक्रम कार्कीले उमेद्वारी दिने घोषणा गरेका हुन् । सभामा बोल्दै सभापतिका उमेद्वार बर्मा लामाले आगामी आम निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने गरी पार्टीलाई मजबुत बनाउनको लागि भरपुर योगदान दिन आफ्नो समुहले उमेद्वारी दिने घोषणा गरेको बताउनुभयो । आफ्नो समुह जिल्लाको माटो, नागरिकको सुखदुख र परिवेश बुझेको समुह भएको दाबी गर्दै कांग्रेसको असल, बलियो र योग्य नेतृत्वको लागि उम्मेद्वारी दिएको उहाँले बताउनुभयो । छरपस्ट पारिएका समुहलाई एकिकृत र एकत्रित बनाएर कांग्रेसको उज्वल भविष्यको लागि उमेद्वारी दिन लागेको उहाँले सुनाउनुभयो । पहिले आफ्नो पक्षमा रहेका नेताहरु छुटिएर अर्काे समुहमा मिसिई प्रतिस्पर्धामा उत्रिन लागेको बताउनुहुदैँ उहाँले भन्नुभयो “हाम्रा केही साथीहरु अन्य समुहमा गएका छन् । उनीहरुलाई समाप्त पार्ने गरी पेलेर, लडाईँ गरेर हाम्रो समुह जाने पक्षमा छैन् । सहमती र सहकार्यका साथ कांग्रेसमा नयाँ इतिहास बनाउन हामीले उम्मेद्वारी दिएका हौँ ।” कांग्रेसमा आबद्ध रहेर लामो समयदखि राजनितिक अनुभव लिएका नेताहरु समुहमा रहेको बताउनुहुदैँ उहाँले आफ्नो समुहले जिल्लाको नेतृत्वको प्रतिस्पर्धामा सहजै जीत हासिल गर्ने दाबी गर्नुभयो । भीम बहादुर तामाङले नेतृत्व गरी कांग्रेसलाई नयाँ उचाइ दिएर बिदा भए । त्यसपछि उहाँको झैँ नेतृत्व कसैले गर्न सकेन । तर अब भने आफ्नो प्यानललाई जिताएमा भीम बहादुरले झैँ नेतृत्व गरेर पार्टीमा नयाँ इतिहास रच्ने उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "लामा समुहद्धारा उम्मेदवारी घोषणा ,जित्ने दाबी"

Leave a comment

Your email address will not be published.


*