गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको विगु गाउँपालिका वडा नं. १ लप्चीमा संरक्षित तथा दुर्लभ हिमचितुवा देखिएको छ । संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्र्यापिङका क्रममा एक महिना एक जोडी हिमचितुवा देखिएको हो । आयोजनाका सूचना अधिकारी तुलसीप्रसाद दाहालले लप्ची गुम्बा नजिक झन्डै चार हजार मिटरको उचाइमा अवस्थित देउराली क्षेत्रमा माउ र बच्चा हिमचितुवा खेलिरहेको दृश्य क्यामेरामा रेकर्ड भएको बताउनु भयो । उक्त हिमचितुवाहरु एकै हुन् वा बासस्थान र सिकारको खोजीमा हिँडेका नयाँ हुन अनुसन्धान भइरहेको उहाँको भनाई छ । संरक्षण क्षेत्रमा हिमचितुवा देखिएपछि उत्साहित भएको उहाँले बताउनु भयो । लप्ची क्षेत्रमै २०७६ सालमा एक वटा वयस्क हिमचितुवा क्यामेरामा देखिएको थियो । तर हिमचितुवाको एकीन तथ्यांक भने निकाल्न नसकिएको सूचना अधिकारी दाहालले बताउनु भयो । आयोजनाले लप्ची र रोल्वालिङ क्षेत्रका विभिन्न ठाँउमा स्वचालित क्यामेराहरु जडान गरी वन्यजन्तु र पन्छीहरुको अवस्था र संख्या बारे अध्ययन गरिरहेको छ ।
Be the first to comment on "लप्चीमा देखियो हिमचितुवा"