लकडाउनमा रगत अभाव हुन नदिन ७ गते चरिकोटमा रक्तदान कार्यक्रम आयोजना

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ५
दोलखामा रगत अभाव हुन नदिन आउँदो वैशाख ७ गते रक्तदान कार्यक्रम गरिने भएको छ।
जिल्ला सहकारी संघ दोलखाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्रको प्राङगणमा रक्तदान कार्यक्रम हुने भएको हो ।
रगत अभावको कारण कोहीकसैले मृत्युको मुखमा नपरुन भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले बताए । कोरोना भाइरस संक्रमण फैलन नदिन विषेश सावधानी अपनाई रक्तदान कार्यक्रम गरिएकाले उनले रक्तदानका लागि सबैलाई आग्रह गरे । उनले सहकारी संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य, शिक्षक, उद्योगी व्यवसायी लगायत रक्तदान गर्न चाहने सबैलाई शनिबारसम्म नाम टिपाउन आग्रह गरेका छन् ।
रक्तदान कार्यक्रम स्थलसम्म आवतजावतका लागि सहज वातावरण बनाउन समन्वयका लागि अग्रिम नाम टिपाउन सकिने उनले बताए । साथै रक्तदान गर्न ईच्छुक व्यक्तिहरुलाई आवतजावतका लागि प्राथमिकता दिइने छ । लकडाउनको समयमा ब्लड बैंकमा रगतको मौज्दात अति न्युन रहेको र रक्तदान कार्यक्रम गर्न नसकिएकाले रगत अभाव हुन गएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि २ बजे सम्म सामाजिक दुरी कायम गरि भिडभाड कम हुने गरि सञ्चालन गरिने छ । सभापति पोखरेलका अनुसार
एउटा स्वास्थ मानिसले ३ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्दछन् । १८ बर्ष देखि ६० बर्षसम्म उमेरका मानिसले रक्तदान गर्न सक्दछन् । उनले भने “यो आपतकालिन र विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरिएकाले इच्छुक व्यक्तिहरूले रक्तदान गर्न आग्रह गर्दछु । तपाईंको रक्तदानले कोहीकसैको जीवन बच्न सक्छ । त्यसैले रक्तदान गरि जीवन दान गर्नुहोस् ।”
१ स्वस्थ व्यक्तिले १ पटक रक्तदान गरेर ३ जना व्यक्तिहरुको जीवन बचाउन सक्छौं ।
रक्तदानका लागि अग्रिम नाम टिपाउन ९८४४३०८८८८, ९८५१००२११९, ९८५१२४५५१६ मा सम्पर्क गर्न सक्नुहुनेछ । अथवा आफ्नो सहकारी संस्थामा सम्पर्क गर्न सक्नुहुनेछ ।

Shares

Be the first to comment on "लकडाउनमा रगत अभाव हुन नदिन ७ गते चरिकोटमा रक्तदान कार्यक्रम आयोजना"

Leave a comment

Your email address will not be published.


*