इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक १२
दोलखाको भीमेश्वर नगरपालिका स्थित भ्यूटावर खेलमैदानमा हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको हुँदैँ छ । विश्वभर रेस्लिङ्ग खेलको लोकप्रियता बढ्दै गएको बेला यस खेलको विकास, विस्तार र खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित जिल्लामा पहिलो पटक प्रदेश खेलकुद परिषद बागतमति प्रदेश र रिङ रेस्लिङ्ग संघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
शनिबार दिउँसो १ बजेदेखि सुरु हुने खेल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रेस्लिङ संघकी केन्द्रिय महासचिब सुवर्ण श्रेष्ठले बताउनुभयो । खेलमैदानमा मञ्च व्यवस्थापन, साउण्ड सिस्टम जडान गरी प्रतियोगिताको लागि तयारी भईसकेको छ । खेलाडीहरु आज आइपुग्ने र उनीहरुलाई भीमेश्वर नगरपालिकाले औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
चरिकोट बजारबाट खेलस्थलसम्म जानको लागि सर्वसाधरणलाई लक्षित गरी दुई वटा बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एमसी जोन लगाएतका १७ जना महिला तथा पुरुष खेलाडीको प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा हेभी वेट च्याम्पियन बन्नका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सो च्याम्यिन जितेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । हार्डकोर च्याम्पियनले १ लाख २० हजार , मिडल वेट च्याम्पियनले ८५ हजार , ट्याग टिम च्याम्पियनले ७५ हजार , लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
Be the first to comment on "रेस्लिङ्ग प्रतियोगिताको तयारी पूरा"