रेशम चौधरीसहित १९ जनालाई राष्ट्रपतिबाट आममाफी

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् ।

गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी आममाफी सम्बन्धमा जानकारी गराएकी छन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


Shares

Be the first to comment on "रेशम चौधरीसहित १९ जनालाई राष्ट्रपतिबाट आममाफी"

Leave a comment

Your email address will not be published.


*