रेबिज बिरुद्ध खोप सम्पन्न

चरिकोट, (दीस ) –दोलखामा विश्व रेबिज दिवसको अवसरमा सप्ताहव्यापी रेबिज बिरुद्धको खोप कार्यक्रम मंगलबार सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रको आयोजनामा ‘रेबिजः वास्तविकताको पहिचान गरौँ, नडराऔँ’ भन्ने मुल नाराको साथ असोज ६ देखि सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा ९० दिन भन्दा माथिका करिब ९० वटा कुकुरबिरालोलाई रेबिज बिरुद्धको खोप लगाइएको केन्द्रका डाक्टर निशान्त शर्माले बताउनुभयो । गत वर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई सय बढी कुकुरबिरालोलाई खोप लगाइएको थियो । तुलनात्मक रुपमा यो वर्ष कार्यक्रममा कम संख्यामा खोप लगाइएको हो । स्थानीय तहमैँ रेबिज बिरुद्धको खोप सेवा उपलब्ध भएकोले त्यहीँ चाहिने मात्रा लगाइएको कारण यो वर्ष केन्द्रको कार्यक्रममा सहभागिता कम भएको हुन सक्ने डाक्टर शर्माले बताउनुभयो । “मानिसहरु सचेत भएर आफ्ना कुकुरलाई खोप लगाएका कारण पनि यो कार्यक्रममा खोपको लागि नल्याएको हुन सक्छ । यसो हो, भने सुखद पक्ष हो ।” उहाँले भन्नुभयो “अर्को कारण स्थानीय तहमैँ खोप लगाउन पाइने व्यवस्था भएकोले पनि केन्द्रको कार्यक्रममा कम सहभागिता भएको हुन सक्छ ।” उहाँको अनुसार ९० दिन माथीका कुकुर बिरालोलाई खोप दिइनुपर्छ । त्यसपछि प्रत् येक वर्ष बुस्टर डोज खोप लगाउनुपर्ने हुन्छ । सन् २०३० सम्ममा विश्व स्वास्थ्य संगठनले रेबिजलाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्य बमोजिम नेपालमा पनि कुकुरको संख्या न्यूनिकरण गर्न बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन भईरहेको छ । रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै उचित हुन्छ । सोही कारण पनि रेबिज जस्तो प्राण घातक रोग रोकथामका लागि आफुले पालेका कुकुरबिरालोलाई बेलैमा रेबिज विरुद्धको खोप लगाउन आवश्यक छ ।

Shares

Be the first to comment on "रेबिज बिरुद्ध खोप सम्पन्न"

Leave a comment

Your email address will not be published.


*