अनिल दहाल /चरिकोट –एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमेटेडले आफ्ना सदस्यसँग “कोभिड–१९ले पारेको असर”बारेमा सुझाब संकलन गर्न सुरु गरेको छ । जिरी नगरपालिकामा मुख्य कार्यालय रहेको सहकारीले आज संस्थामा आवद्ध ढुङ्गे,नावोक,ताक्पा क्षेत्रका केही सदस्यहरुसँग संस्थाको उत्पादन तथा सेवा विकासको बारेमा सुझाब लिएको छ । सुझाब संकलन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भुमिराज खड्काले सदस्यहरुले दिएको सुझावका आधारमा उत्पादन तथा सेवा विकास गर्दै संस्थाले सेवाको स्तरवृद्धि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको उपाध्यक्ष गोपाल जिरेलले सहभागिहरुलाई कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा संस्थाको आगामि कार्यनीतिहरू र सहभागीहरूबाट उठेका जिज्ञासा सहितको प्रस्तुति संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले आफना भनाईहरू सहित प्रष्ट पारेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक पुष्पा जिरेल, संस्थाका सदस्य एवं वडा नं ५ का वडा सदस्य रामवहादुर जिरेल ,नरबहादुर जिरेल र चिनीमाया जिरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक राम बहादुर खत्रीले गरेका थिए ।
Be the first to comment on "एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीद्धारा सदस्यबाट सुझाब संकलन गर्न सूरु"