इश्वर बिश्वकर्मा चरिकोट,–नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले प्राकृतिक प्रकोप पीडित १ सय ६० घरपरिवारलाई राहत वितरण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि भदौ मसान्त सम्मको अवधीमा प्राकृतिक प्रकोपको कारण पुर्ण क्षतिभ एका ७० र आंशिक क्षती पुगेका ९० गरि १ सय ६० घरपरिवारलाई राहत वितरण गरेको हो । पहिरो पिडित १ सय ५७ र अग्नी पिडित ३ घरपरिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । उनका अनुसार गौरीशंकर गाउँपालिका ९१, कालिञ्चोक गाउँपालिकाको ४३, भिमेश्वर नगरपालिकाको १८ र मेलुङ गाउँपालिका २ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि भदौ मसान्त सम्मको अवधीमा
पहिरो पिडित १ सय ५७ र अग्नी पिडित ३ घरपरिवारलाई राहत वितरण गरिएको हाे ।
गत वर्ष २ सय भन्दा बढिलाई वितरण
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले गत आर्थिक वर्ष २०७६÷७७ मा पहिरो पिडित र अग्नी पिडित २ सय भन्दा बढीलाई राहत वितरण गरेको छ । शाखाले आर्थिक वर्ष पहिरो र अग्नीका कारण घरबारविहिन भएका २ सय २० घरदुरीलाई आवश्यक राहत वितरण गरेको थियो । जसमा पुर्ण रुपमा क्षती भएका ६५ घरलाई त्रिपाल, भाडावर्तन, लत्ताकपडा वितरण गरिएको थियो । भने आशिंक क्षती भएका १ सय ५५ घर दुरीलाई त्रिपाल मात्र वितरण गरिएको सभापति पोखरेलले बताए । उनका अनुसार गत आर्थिक वर्ष पहिरो पिडित २ सय २ घरधुरी रहेको थियो । भने १८ घरधुरी अग्नी पिडित रहेको थियो ।
Be the first to comment on "रेडक्रस दोलखाद्धारा प्राकृतिक प्रकोप पीडित १ सय ६० घरपरिवारलाई राहत वितरण"