चिरीमाया_महर्जन
मेरो पहिलो विध्यालय
मेरो घर हो अनि,
मैले ताते गरेको ठाउँ
अनिहुर्की बढेको ठाउँ
कत्ति पनि झर्को नमानी
मीठो चुम्मनसँग
शब्दमा शब्द भर्न
अनी शब्दमै हाँस्खेल् गर्न
मेरी पहिलो गुरूआमा
वात्सल्यताकी प्रतिमूर्ति
ममतामयी मेरी आमा
तिमीलाई लाख लाख नमन
घरबाट शुरू भएको यो यात्रा
पाठशालातिर मोडिँदै थियो
साँच्चै जिन्दगीको एउटा,
घुम्ति तय गर्दै थियो
मीठो सपना बोकेर
पाठशालातिर छिरेँ म
कखरा चिनेँ अनि!
पढेँ अंग्रेजी पनि
सानालाई मायाँ अनी
ठूलालाई सम्मान
संस्कार र संस्कृती
नैतिक र नैतिकता
भूगोल र ईतिहास अनी
गँणीत खै! केके केके
यसैमा म जीवनको सार भेट्थेँ
पलपलमा म आफ्नो आधार खोझ्थेँ
होनी! सिद्धान्तका कुराहरू
साँच्चै पढेकै त हुनी!
जसले मनमा अहंकारको
डेरा पनि त जमाएको होनी!
वास्तवमा मरित्तोछु
यदि ज्ञानी हुँदि हुँ त
म ज्ञानको भण्डारले
छताछुल्ल हुन्थेँ
सत्ते! मसँग त केहि रहेनछ
आफूलाई त मात्र खोक्रो पाएँ
नैतिकता यी सबमात्र
सिद्धान्त रहेछन्
म रित्तो छुज्ञानको प्यासले
छटपटेकीछु दिनदिन
सँधै अभाव अनि!
अनि सँधै रित्तो।।
Be the first to comment on "रित्तो छु"