रामेछाप –रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।
व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई शुक्रबार घरबाटै पक्राउ लिएको हो ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए ।
खड्का विवादित छवि भएका व्यक्ति मानिन्छन् । तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेकाे भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेकाे थियाे ।अघिल्लाे वर्ष साउनमा एउटा समूहले आफूलाई फोन गरेर २ करोड रुपैयाँ नदिए छोरी मारिदिने धम्की दिएको आरोप खड्काले लगाएपछि समूहमा रहेका व्यक्तिहरूलाई नियन्त्रणामा लिने क्रममा काठमाडाैंकाे स्वयम्भूमा प्रहरीले गाेली चलाएकाे थियाे ।
Be the first to comment on "रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ"