चरिकोट (दीस) ःराष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाच प्रचार अभियान सुरु गरेको छ । निर्वाचन आयोगले प्रचार अभियान सुरु गर्न तोकेकै मिति विहिवारबाट राप्रपाले प्रचार अभियान सुरु गरेको हो । विहिवार सदरमुकाम चरिकोटबाट राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले निर्वाचन प्रचार प्रसार सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए । यस अघि जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम गरिरहेको राप्रपाले विहिवार बाट भने औपचारिक रुपमा प्रचार अभियानको सुरुवात गरेको उनकोे भनाई छ । हिन्दु राष्ट्र तथा राजतन्त्र पूनःस्थापनाको मुख्य एजेन्डा सहित निर्वाचनमा होमिएको राप्रपाले प्रतिनिधि सभामा केन्द्रीय सहायक महामन्त्री विजय खड्कालाई उमेदवार बनाएको छ । यसैगरी प्रदेश सभातर्फ क्षेत्र नम्बर एकमा रामबहादुर तामाङ (पेमा) तथा प्रदेश नम्बर दुईमा जिल्ला अध्यक्ष राजनबहादुर शिवाकोटीलाई उमेद्वार बनाएको छ । राप्रपाका एजेन्डामा जनताहरुको समर्थन बढ्दै गएकोले यो पटकको निर्वाचनमा दोलखामा राप्रपाले राम्रो प्रदर्शन गर्र्ने राप्रपा दोलखाको दावी छ ।
राप्रपाले सुरु ग¥यो चुनाब प्रचार अभियान
Posted By: दीक्षण दैनिक १७ कार्तिक २०७९, बिहीबार २०:१९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "राप्रपाले सुरु ग¥यो चुनाब प्रचार अभियान"