दोलखामा रातो च्याउ खेती परिक्षणका लागी ३ लाख बजेट

ईस्वर विक/ दोलखा र रामेछापमा रातो च्याउ खेती परिक्षणका लागी कृषि ज्ञान केन्द्र रामेछापले चालु आर्थिक वर्षमा ३ लाख विनियोजन गरेको छ । सोमबार चरिकोटमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा केन्द्रका योजना अधिकृत पुरुषोत्तम रौनियारले दोलखा र रामेछापमा रातो च्याउ खेतीको सम्भावना रहेकाले सो च्याउ खेती परिक्षण गरिने बताए । उनले गत आर्थिक वर्ष रैैथाने बाली प्रवद्र्धन सुरुवात, दोलखा र रामेछापका १२ वटा कृषि सडक निर्माण, प्राङ्गरिक खेति मिसन कार्यक्रम सञ्चालन भई दोलखा तथा रामेछाप जिल्लामा प्राङ्गरिक खेति सुरु केन्द्रले मुख्य उपलब्धी पाएको बताए । गत आर्थिक वर्ष १४ करोड ४८ लाख बजेट केन्द्रमा प्राप्त भएको उनले बताए । कार्यक्रममा प्रतिनिधी सभाका सांसद पार्वत गुरुङले सुखि नेपाली र सम्बृद्ध नेपाल मुल नारालाई सार्थक पार्न कर्मचारीहरुको पनि महत्वपुर्ण भुमिका रहेकाले कर्मचारीले आफ्नो जिम्मेवारी अनुसारको काम इमानदार पुर्वक गर्नुपर्ने बताए । उनले वार्षिक मात्र नभइ चौमासिक रुपमा स्थानीय सरकार तथा कार्यालयहरुले समिक्षा कार्यक्रम गर्नुपर्ने समेत बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा दोलखा र रामेछाप लगायतका जिल्लामा कार्यक्षेत्र रहेको प्रदेश र संघ मातहतका १८ भन्दा बढी सरकारी कार्यालयको वार्षिक समिक्षा गरिएको छ । वार्षिक समिक्षा कार्यक्रममा २०७५÷०७६ मा दोलखाका विभिन्न कार्यालयले गरेको एक वर्ष भरिमा बजेटबाट सम्पन्न गरेका योजना र कामको बारेमा विषय गत शाखाका प्रमुख लगायत प्रतिनिधीले कार्यक्रममा प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिले आयोजना गरेको समिक्षा कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्काले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "दोलखामा रातो च्याउ खेती परिक्षणका लागी ३ लाख बजेट"

Leave a comment

Your email address will not be published.


*