राजकुलेश्वर आधारभूत माध्यमिक विद्यालयले मनायो ४३ औं अभिभावक दिवस

चरिकोट – राजकुलेश्वर आधारभूत माध्यमिक विद्यालयले ४३ औं अभिभावक दिवस बुधबार मनाएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले अभिभावक दिवसको उद्घाटन गर्दै उत्कृष्ट काम गरेको भन्दै विद्यालयको प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा विद्यालयको सकारात्मक कामलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गीता घिमिरे, इन्जिनियर आत्मकृष्ण श्रेष्ठ, नेपाल शिक्षक राष्ट्रिय संगठन भीमेश्वर नगरपालिकाका अध्यक्ष सुन्दर खड्का, गौरीशंकर पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेत लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । दिवसको अवसरमा केदारमान रत्नेश्वर शैक्षिक पुरस्कारबाट छात्रा सुवर्णा श्रेष्ठ, छात्रतर्फ राकेश तामाङलाई नगद रु. ५१०० सहित सम्मान गरिएको थियो । त्यसैगरी बालकृष्ण दोलखे प्रेरणा पुरस्कारबाट सुवर्ण श्रेष्ठ, सन्ध्या शिवभक्ति, सुरज तामाङ र विकास जोशीलाई सम्मान गरिएको थियो । ईन्जिनियर आत्मकृष्ण श्रेष्ठद्वारा स्थापित उत्कृष्ठ शिक्षा पुरस्कारबाट शिक्षक बलराम शिवाकोटी र भगवतिदेवी प्रधान सम्मानित भएका थिए । यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कारबाट दुर्गा खत्रीलाई २५ सय र विद्यालयमा प्रशासनिक काम गरेको भन्दै प्र.अ. प्रकाश दाहाल नगद ५ हजार सहित सम्मानित भएका थिए । विद्यालयमा उत्कृष्ट सहयोग गरेको भन्दै जर्मन यशोसियसन नेपाल, इन्जिनियर आत्मकृष्ण श्रेष्ठ, बालकृष्ण दोलखे, प्रा.डा. इन्जिनियर हरीदर्शन श्रेष्ठलाई सम्मानित गरिएको थियो । कार्यक्रममा दिवा खाजाको लागि नगद ५० हजार इन्जिनियर आत्मकृष्ण श्रेष्ठले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानाध्यापक प्रकाश दाहालले ६४ लाख बराबरको विद्यालयको आर्थिक आयव्यय प्रस्तुत गरेका थिए ।

Shares

Be the first to comment on "राजकुलेश्वर आधारभूत माध्यमिक विद्यालयले मनायो ४३ औं अभिभावक दिवस"

Leave a comment

Your email address will not be published.


*