ईश्वर बिश्वकर्मा–रगत आपूर्ति सहज बनाउने उद्देश्यले सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी युवा परिष्द नेपाल जिल्ला शाखा दोलखाद्धारा नेपाल रेडक्रस सोसाइटी दोलखा र रक्तसञ्चार केन्द्र चरिकोटको समन्वयमा शनिबार आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा ३४ जनाले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको श्री कृष्ण प्रणामी युवा परिष्द नेपाल जिल्ला शाखा दोलखाका अध्यक्ष रमेश फुयाँलले बताउनुभयो । नियमित रक्तदान कार्यक्रम नभए रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन जान्छ । रगत अभावले शल्यक्रिया गर्नुपर्ने सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेका गम्भिर प्रकृतिका बिरामीलाई उपचारमा समस्या हुन्छ । समयमैँ रगत नपाई उपचार प्रभावित हुँदा बिरामीको ज्यानै जोखिममा पर्छ । त्यसैले कोहीकसैले पनि रगत अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
रगतको अभाव टार्न रक्तदान
Posted By: दीक्षण दैनिक ४ बैशाख २०७९, आईतवार ०४:३३
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "रगतको अभाव टार्न रक्तदान"