युवालाई उद्यमी बनाउदै दाेलखाकाे भीमेश्वर नगरपालिका

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २५
दोलखाका भीमेश्वर नगरपालिकाले युवा जनशक्तिलाई परिचालन गरि उद्यमी बनाउने भएको छ ।
नगरले उद्योग र व्यावसाय तर्फ आकर्षित गराउदैं युवाहरुलाई उद्यमी बनाउने भएको हो ।
नगरले युवा उद्यम कार्यक्रम सञ्चालनका निम्ति चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । विनियोजित रकमले नगरका युवाहरुलाई उद्योग सम्बन्धी बिभिन्न तालिम लगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका सुचना अधिकारी एवं बरिष्ठ अन्तरिक लेखा परिक्षण अधिकृत जगदिश अर्यालले बताए ।
नगरपालिकाले युवा लक्षित कार्यक्रम प्रभावकारी बनाउन विभिन्न योजना बनाएको छ । स्वदेशमा उपयुक्त स्वरोजगारको अभाव भएको भन्दै बर्षेनी सयौंको संख्यामा युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा नगरले युवा उद्यम कार्यक्रम सञ्चालन गर्दा त्यसमा न्युनिकरण केही मात्रामा हुने उनले बताए । नगरले युवा लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा युवा प्रतिभाको पहिचान कार्यक्रमका लागि ४० हजार, युवा परिचालन शिर्षकमा १ लाख रुपैयाँ बिनियोजन गरिएको अर्यालले बताए ।
राष्ट्रपति रनिङ शिल्ड खेलका लागि १ लाख, नमुना युवा साँसद कार्यक्रमका लागि १ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको उनले बताए । । नगरले युवा, खेलकुद र मनोरञ्जनका लागि ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको युवाहरुलाई सदुपयोग गर्न सरोकारवालाले बताएका छन् ।

Shares

Be the first to comment on "युवालाई उद्यमी बनाउदै दाेलखाकाे भीमेश्वर नगरपालिका"

Leave a comment

Your email address will not be published.


*