याे आर्थिक बर्षमा जिल्ला प्रशाासन कार्यालय दोलखाबाट एक हजारले लिए नागरिकता

ईश्वर बिश्वकर्मा /चरिकोट–चाँलु आर्थिक बर्ष साउन देखी जिल्ला प्रशासन कार्यालय दोलखाबाट १ हजार भन्दा बढी नागरिकता वितरण भएको छ । चालु आर्थिक वर्षको साउनदेखि शुक्रबारसम्ममा १ हजार २ सय १७ वटा नागरिकता वितरण गरिएको हो । कार्यालयबाट नयाँ र प्रतिलिपि गरि उक्त संख्यामा नागरिकता वितरण भएको कार्यालयले जनाएको छ । नयाँ नागरिकता ६ सय ३ वटा र प्रतिलिपि नागरिकता ६ सय १४ वटा वितरण भएको हो । नागरिकता लएकामध्ये महिलाको भन्दा पुरुषको संख्या वढी छ । कार्यालयबाट ७ सय ३९ जना पुरुषले नागरिकता लिएका छन् । ४ सय ७८ जना महिलाले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी जिल्ला अधिकारी औलख बहादुर आलेले बताए । नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा न्युनिकरणका लागि गत चैत ११ गतेबाट जारी गरेको पटकपटकको लकडाउन र निषेधाज्ञाको कारण जिल्लामा करिब ४ महिना नागरिकता वितरणको कार्य रोकिएको थियो । लकडाउन सकिएसगैँ साउन ३ गतेबाट नागरिकता वितरण सुरु गरिएको थियो । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङकले देखाएको छ ।

Shares

Be the first to comment on "याे आर्थिक बर्षमा जिल्ला प्रशाासन कार्यालय दोलखाबाट एक हजारले लिए नागरिकता"

Leave a comment

Your email address will not be published.


*