यस्तो छ नेकपा एमाले, दोलखा जिल्ला कमिटीले जारी गरेको प्रेस नोट

पत्रकार मित्रहरु
हार्दिक अभिबादन।

नेकपा एमाले दोलखाको ९ औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुको प्रथम वैठक २०७८ साल माघ २१ र २२ गते अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा चरिकोटस्थित पार्टीको जिल्ला कार्यालयको सभाकक्षमा वस्यो ।
उक्त वैठकको शुभारभ्म प्रमुख अतिथी नेकपा एमालेको पोलिटव्युरो सदस्य क. आनन्दप्रसाद पोखरेलले गर्नुभयो । वैठकमा विशेष अतिथी पोलिटव्युरो सदस्य क. पार्वत गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा इन्चार्ज क. सरस्वति वस्नेत, केन्द्रीय कमिटी सदस्य क. रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य क. शान्ति पाख्रिन तथा वागमती प्रदेश कमिटी सदस्यहरु क. कृष्ण भूजेल, क. इश्वरचन्द्र पोखरेल, क. डबल पाण्डे, क. भरत केसी, क. कालिका पाठक, क. टेक घतानी, क. उर्मिला थामी, पूर्वसचिव क. भरत दुलालले वैठकमा शुभकामना व्यक्त गर्दै आगामी योजनाहरुका बारेमा सुझाव दिनु भयो ।
वैठकमा स्वागत मन्तव्य नेकपा एमाले दोलखाका उपाध्यक्ष क. राजेन्द्र मानन्धर र वैठक सञ्चालन सचिव क. हिरा थोकरले गर्नुभयो । वैठकको रिर्पोटिङ उपसचिव क. धर्मेन्द्र मोक्तानले र वैठकको व्यवस्थापन उपसचिव क. कमला वस्नेतले गर्नुभयो । पार्टीको विधान अनुसार निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले निर्वाचनको समिक्षा तथा सुझाव प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेकपा एमालेको प्रथम वैठकमा सुखमा नेकपा एमाले, दुखमा नेकपा एमाले, समृद्धीमा नेकपा एमाले जनजन मनमस्तिष्कमा नेकपा एमाले भन्ने नारालाई आत्मसाथ गर्दै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेको विधान, नीति, सिद्धान्त र निर्देशनहरु पालना गरेर पार्टी काममा लाग्ने प्रतिवद्धता गरिएको छ ।

वैठकमा भएका निर्णयको सारः

सवै कमिटीहरुले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने ।
नेकपा एमाले दोलखा जिल्ला कमिटीले २०७८ फागुन मसान्तसम्म पार्टी परिचालन अभियान सञ्चालन गर्ने । जस अन्तर्गत नगर, गाउँपालिका तथा वडा कमिटीहरुको वैठक वस्ने ।
जिल्ला भरी तोकिएका टोल कमिटीहरु गठन गरिसक्ने ।
प्रत्येक पालिकामा नेकपा एमालेको कार्यालय स्थापना गर्ने ।
पार्टी निर्माणमा जनतासँग विषयमा अन्तरकृया, छलफल गर्ने ।
प्रत्येक जनवर्गी संगठन सवै तह र वडाहरुसम्म गठन गरिसक्ने ।
संगठित सदस्यता अध्यावधिक गर्ने ।
आत्मनिर्भर दोलखा अभियान सञ्चालन गर्ने ।

जिम्मेवारी वाँडफाँड तथा मनोनित
विभाग र जनसंगठनमा जिम्मेवारीः
जिल्ला पार्टीको समग्र नेतृत्व तथा जनसंगठन समन्वय विभाग प्रमुख, क नरबहादुर श्रेष्ठ
प्रचार तथा प्रशारण विभाग प्रमुख, क. राजेन्द्र मानन्धर
संगठन विभाग प्रमुख, क. हिरा थोकर
अखिल नेपाल महिला संघ इन्चार्ज, क. कमला वस्नेत
पार्टी स्कुल विभाग प्रमुख, क. धर्मेन्द्र मोक्तान
आर्थिक विभाग प्रमुख, क. मुरारी शिवाकोटी
शिक्षा तथा मानव स्रोत विभाग प्रमुख, क. शान्त केसी
नेपाल वुद्धिजीवि परिषद् विभाग प्रमुख, क. रामप्रसाद सापकोटा
स्थानीय तह तथा भौतिक पूर्वाधार विभाग प्रमुख, . टंक जिरेल
सामाजिक सेवा विभाग प्रमुख, क. टपिन्द्र खड्का
कानून विभाग प्रमुख, क. विश्वराज भण्डारी
सहकारी ताथ गरिवी निवारण विभाग प्रमुख, क. हेमन्त चौलागाईं
उद्योग तथा वाणिज्य विभाग प्रमुख, क. शिवजी राउत, उपप्रमुखहरु, क. श्यामसुन्दर शिवाकोटी, क. दिनेश वस्नेत
नेपाल खेलकूद महांसघ इन्चार्ज क. नेत्र मोक्तान, सहइन्चार्ज क. सज्जन लामा
उत्पीडित जातिय समाज इन्चार्ज क. कुमार लगुन, सह इन्चार्जहरु क. तेज खाती, क. प्रल्हाद लामिछाने
दोलखा काठमाडौं सम्पर्क मञ्च इन्चार्ज, गणेश वस्नेत
युवा तथा वातावरण विभाग प्रमुख क. राजेश श्रेष्ठ, उपप्रमुखहरु क. किशोर नेपाली, क. शान्त जिरेल
वन तथा वातावरण विभाग प्रमुख, क. मनमाया जिरेल, उपप्रमुख क. पावर्ती थापा
जलस्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुख, क. इश्वरी न्यौपाने
खानेपानी तथा सरसफाई विभाग प्रमुख, क. सीता केसी
कृषि तथा पशुपङ्क्षी विभाग प्रमुख, क. तेज खाती
स्थास्थ्य तथा जनसंख्या विभाग प्रमुख क. ध्रुव आचार्य
राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज, क. महाराज गुरुङ, सह इन्चार्ज क. धिरज सुवेदी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इन्चार्ज क. शक्ति पाठक
विपद् व्यवस्थापन विभाग प्रमुख, सुन्दर कार्की
जनसांस्कृति मञ्च इन्चार्ज, क. कुइसाङ रुम्बा
नेपाल लोकतान्त्रिक जनजाति महासंघ इन्चार्ज, क. छिरिङ वाङ्दे शेर्पा, सह इन्चार्जहरु क. टहल थामी, क. धनबहादुर थामी
पर्यटन प्रवद्र्धन विभाग प्रमुख क. हरि वली, सह इन्चार्ज क. वासु श्रेष्ठ

जिल्ला सल्लाहाकार परिषद्
संयोजकः क. शंकरलाल श्रेष्ठ,
सचिवः क. शिवहरी थापा

जेष्ठ कम्युनिष्ट मञ्च
संयोजकः क. रामदाश श्रेष्ठ
सचिवः क. धनबहादुर थामी

मनोनित जिल्ला कमिटि सदस्यहरु:
(विधान बमोजिम तथा एकिकरण प्रकृयाबाट)
१) क. जिवसराज खड्का २) क. ऋषिकेश उप्रेती ३) क. कमलराज खत्री ४) क. हेमन्त चौलागाईँ ५) क. धनवहादुर तामाङ ६) क. हरि ओली ७) क. छिरिङ वाङ्दे शेर्पा ८) क. सोम बम्जन ९) क. कुमार लगुन १०) क. दिपेन्द्र शिवाकोटी ११) क. गणेश प्रसाद शिवाकोटी १२) क. दुर्गाप्रसाद काफ्ले १३) क. हिरण्य बहादुर गुरुङ १४) क. निमा साङ्गे शेर्पा १५) क. सन्तोष राउत १६) क. दिनेश वस्नेत

भूगोलतर्फ जिम्मेवारी:
भीमेश्वर नगरपालिका कमिटि इन्चार्ज
इन्चार्जः क. नवीन लामा
सह इन्चार्जः क. कैलास श्रेष्ठ
जिरी नगरपालिका कमिटि इन्चार्ज
इन्चार्जः क. गोपाल जिरेल
सह इन्चार्जः क. तेजबहादुर खड्का, क. कृष्णमाया बुढाथोकी
गौरीशङ्कर गाउँपालिका कमिटी इन्चार्ज
इन्चार्जः क. स्वयमबहादुर खड्का
सह इन्चार्जः क. जेवि गुरुङ, क. झलक गुरुङ
वैत्यश्वर गाउँपालिका कमिटी
इन्चार्जः क. ऋषिकेश उप्रेती
सह इन्चार्जः क. रेशम रिमाल, क. डबलबहादुर तामाङ
तामाकोसी गाउँपालिका कमिटी
इन्चार्जः क. देवी शर्मा
सह इन्चार्जः क. नवीन नेपाली, क. धिरज सुवेदी
मेलुङ गाउँपालिका कमिटी
इन्चार्जः क. छत्रराज उप्रेती
सह इन्चार्जः क. गायत्री आचार्य, क. सोम बम्जन
शैलुङ गाउँपालिका कमिटी
इन्चार्जः क. धनबहादुर तामाङ
सह इन्चार्जः क. इश्वर न्यौपाने, क. लालमाया योञ्जन
कालिञ्चोक गाउँपालिका कमिटी
इन्चार्जः क. रोहितचन्द्र खड्का
सह इन्चार्जः क. गणेश प्रसाद शिवाकोटी, क. लक्ष्मण थामी
विगु गाउँपालिका कमिटी
इन्चार्जः क. कुमार खड्का
सह इन्चार्जः क. गोमा केसी, क. प्रवीण खड्का
उक्त वैठकले दोलखा जिल्लाका सवै वडा संगठन कमिटीहरुमा पनि जिल्ला कमिटीका सदस्य कमरेडहरुलाई इन्चार्ज तोकेर जिम्मेवारी दिइएको छ ।
धन्यवाद ।

क. नरबहादुर श्रेष्ठ
अध्यक्ष
नेकपा एमाले जिल्ला कमिटी दोलखा
२३ माघ, २०७८

Shares

Be the first to comment on "यस्तो छ नेकपा एमाले, दोलखा जिल्ला कमिटीले जारी गरेको प्रेस नोट"

Leave a comment

Your email address will not be published.


*