यस्तो छ दोलखामा कोभिड रोक्न पूर्वतयारी

राजकुमार भुजेल चरिकोट, नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेपछि दोलखामा पनि यसको रोकथाम तथा नियन्त्रणको लागी पुर्वतयारी थालिएको छ । बुधबार सरोकारवाला सहित कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लामा यस अघिनै स्थापना गरिएका क्वारेन्टाइन, आईसोलेसन सेन्टर, लगायतका स्थानहरुलाई पुनः सञ्चालन ल्याउने, प्रत्येक स्थानीय स्तरहरुमा मापदण्ड पालना गरेर कम्तिमा पनि १÷१ वटा क्वारेन्टाइन तयार पार्ने निर्णय गरेको छ । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा कार्यक्रमलाई जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्ने, मानिस भेला हुने कार्यक्रम हुने कार्यक्रम, जुलुस, आमसभा, कुनै पनि प्रकृतिको खेलकुद कार्यक्रम मानिसकहरुको भिडभाड हुने अन्य प्रकारका कार्यक्रमहरु बिहीबारदेखि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै अहिले सुरु भैरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू दर्शक बिनानै सञ्चालन गर्ने र जिल्लाका प्रमुख तिर्थस्थलहरु दोलखा भीमशेन तथा कालिन्चोक मििन्दर लगायत मठमन्दिर गुम्बा, चर्च, मस्दिजहरुमा ११ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालन गर्ने गरी बैशाख मसान्त सम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷ गराउने, सार्वजनिक स्थानमा कुनैपनि कार्यक्रमको शिलशिलामा १ पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र दोलखाले जनाएको छ । पसल शैलुन, सपिङ मल, डिर्पाटमेन्ट स्टोर लगायतका व्यापारीक स्थलले कोभिड १९ विरुद्ध पूर्ण स्वास्थ्य मापदण्ड (सेनेटाइजर, मास्क लगाउने, हात धुने, भौतिक दुरीको कायम गर्ने), विवाह ब्रतबन्ध धार्मिक कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरी २५ भन्दा बढी व्यक्तिलाई सामेल गर्न नपाइने, जिल्ला सदरमुकाम चरिकोटमा रहेको एकिकृत आइसोलेसन सेन्टरलाई अघिल्लो वर्षको सञ्चालन प्रक्रियालाई अप्नाउदै स्थानीय तहहरुबाट सञ्चालन भएको एकिकृत कोषलाई परिचालन गरिने, सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने र गराउने निर्णय गरिएको छ । शैक्षिक संस्थामा सञ्चालन भैरहेका परीक्षा जनस्वास्थ्यका मापदण्ड अप्नाई सञ्चालनमा ल्याइने भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा रहेको एकिकृत आइसोलेसन सेन्टरलाई अघिल्लो वर्षको सञ्चालन प्रक्रियालाई अप्नाउदै स्थानीय तहहरुबाट सञ्चालन भएको एकिकृत कोषलाई परिचाल गरिने भएको छ । कोरोनाका लक्षण देखिएका व्यक्तिको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी एन्टिजेन परीक्षण गर्ने र नतिजा जाँच गर्दा पोजेटिभ आएका व्यक्तिको पिसीआर परीक्षणको व्यवस्था मिलाउनुका साथै नतिजा पोजेटिभ आएका व्यक्तिहरुको निकट सम्र्पकमा आएका व्यक्तिहरुको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने र सो एन्टिजेन प्राप्तिका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने, आवश्यक अनुसार आफ्नो स्थानीय तह भित्र स्वाब संकलन गर्नुपर्दा सोको व्यवस्था मिलाउने, १५ वेड सम्म क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग संक्रमितको उपचारको लागि सम्झौता गर्ने, अनुगमन गर्ने र स्वत भर्ना भूक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय भएको छ । काठमाडौँबाट जिल्ला प्रवेश गर्ने खरिढुँगा रामेछाप हुँदै प्रवेश गर्ने किर्नेक्षेत्रमा हेल्थडेक्सको स्थापना गरी सम्बन्धित स्थानीय तहले स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य जाँच र अभिलेखख राख्ने व्यवस्था मिलाईने, कन्ट्रयाक्ट ट्रेसिन, उपचार व्यवस्था, परीक्षण लगायतका सामाग्री खरिद गर्ने तथा जनशक्ति परिचालन लागि आवश्यक व्यवस्था मिलाइने जनाइएको छ । बिहीबार देखि १ सातासम्म जिल्लास्थित स्थानीय तहहरु कार्यालय, संघसंस्था एबम् सरोकारवाला तथा अन्य निकायहरु समेतको सहभागितामा खोइ मास्क अभियान सञ्चालन गरी मास्कको प्रयोग गर्न सचेतनामूलक कार्यक्रम जिल्ला भर सञ्चालन गर्ने र तत्पश्चात पनि मास्कको प्रयोग नगर्नेहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने लगायतको निर्णय गरिएको छ ।

Shares

Be the first to comment on "यस्तो छ दोलखामा कोभिड रोक्न पूर्वतयारी"

Leave a comment

Your email address will not be published.


*