म्यादी प्रहरी आन्दोलित

चरिकोट–सम्झौता विपरित म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा रकम कटाएको भन्दै गरेको दोलखामा कार्यरत म्यादी प्रहरी सोमबारबाट आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि सिपाई सरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाइको सरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको भन्दै उनीहरुले सिपाई दरमा खाना रकम कटाउन माग गरेका छन । खाना खुवाए वापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिल्ला प्रहरीकार्यलयले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरीले बताएका छन ।
लाठी प्रहार गर्दा १२ जना म्यादी घाइते
सदरमुकाम चरिकोटमा आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा १२ जना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताए । अन्य एघार जनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको उनले बताइन ।
जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले भने म्यादी प्रहरीसँग बार्ता मिलेको बताएको छ । प्रहरी निरिक्षक रमेश प्रधानका अनुसार अरु प्रहरीको दरमा खानाको दरमा रकम कटाउने सहमति भएको बताए । ६५ रुपैयामा खाना खुवाउने सहमति भएको उनको भनाई रहेको छ । म्यादी प्रहरीले भने आन्दोलनमा घाइते म्यादी प्रहरी लाठी चार्च गर्ने प्रहरी माथी कार्वबाहीको माग गरेका छन । त्यस पछि मात्र सहमति हुने बताए । दोलखामा ७ सय ५५ जना म्यादी प्रहरी कार्यरत छन् ।

अान्दोलित म्यादी प्रहरी

Posted by दीक्षण राष्ट्रिय दैनिक -Diskshan National Daily on Monday, 18 December 2017

Shares

Be the first to comment on "म्यादी प्रहरी आन्दोलित"

Leave a comment

Your email address will not be published.


*