चरिकोटमा मोवाइल चोर यसरी परे प्रहरीको फन्दामा

तस्विर – गुगलबाट साङकेतिक

चरिकोट –मोवाइल चोरी गरेको अभियोग जिल्ला प्रहरी कार्यालय दोलखाले एक जनालाई पक्राउ गरेको छ । मोवाइल चोरीको अभियोगमा जिरी नगरपालिका वडा नम्बर ६ वस्ने वर्ष २४ को मिलन सुनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । उनलाई चरिकोटबाट पक्राउ गरीएको निरीक्षक बोहोराले बताए । आज विहान ११ बजे सदरमुकाम चरिकोटबाट जिरी तर्फ बसमा यात्रा गर्दै गर्दा दोलखा जिरी नगरपालिका ९ खोलाखर्क बस्ने वर्ष २१ की मिङमार तमाङको मोवाइल हराएको थियो । उनले आफ्नो मोवाइल हराएको प्रहरीलाई उजुरी दिएकी दिइन । सुनुवार मोवाइल चोरी गरि भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा मोवाइल चोर यसरी परे प्रहरीको फन्दामा"

Leave a comment

Your email address will not be published.


*