मैनापोखरी बजार क्षेत्रको सडक विस्तार सुरु

मैनापोखरी,
बैतेश्वर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष माधव बस्नेत सोमबार विहानै मैनापोखरी बजारमै भेटिए । उनको साथमा गाउँपालिकाका कर्मचारी नारायण दाहाल सहित स्थानीयहरु मुख्य सडकमा भेटिए । उनीहरु मैनापोखरी बजार विस्तारका लागि भत्काउनु पर्ने ठाउँको बारेमा नक्साङ्कन गर्दै थिए ।
एक हप्तायता मैनापोखरी बजारको सडक विस्तारमा वडा अध्यक्षको नेतृत्वमा स्थानीयहरुले समेत साथ दिएका छन् । मैनापोखरी बजार करिक एक किलोमिटर क्षेत्र मध्ये आधा डोजर लगाएर सडकलाई आवश्यक जग्गा लिइ सकेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । अहिले सडकको केन्द्रबाट १०÷१० मिटर दायाँ बायाँ सडकका लागि लिइएको छ ।
एक वर्ष अघिसम्म सडकको बीचबाटै खोलो जस्तै भल बग्ने गरेकोमा त्यसलाई व्यवस्थि तगर्न नाली बनाउने काम सुरु भएको छ । वडा कार्यालय र स्थानीयले सडकको केन्द्रबाट १५ मिटर दायाँबायाका संरचना हटाएपछि तत्कालका लागि १० मिटर सडकको संरचना बनाउन लागेको हो ।
सडक चौडाइ गर्न स्थानीयले प्रति धुरी गन्ति गरेर रकम समेत संकलन गरेका छन् । बजारबासीले १० हजारदेखि १५ हजारसम्म प्रति धुरी लगानी गरेका छन् । बजारको पनि टोलमा लगानी अनुसार विभाजन गरेर रकम संकलन गरेको स्थानीय शिक्षक तथा मैनापोखरीबासी कमल दाहालले जानकारी दिए ।
जलदेवी मावि छेऊबाट सुरु गरेको सडक विस्तार अहिले दाहाल मेडिकल नजिकसम्म पुगेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । जुन–जुन टोलबासी सक्रिय भएर रकम उठ्यो त्यही टोलमा अहिले नाली निर्माणको काम समेत सुरु भएको छ । विस्तार भएको सडकमा नाली निर्माणका लागि सडक विभागले काम गरिरहेको छ । अब चाँडै सहरी सडकको योजना अनुसार बजार व्यवस्थित गर्नका लागि सडक विभागमा माग गरेको उनले बताए ।
एक वर्ष यता बजारलाई सफा सुन्दर र व्यवस्थित गर्नका लागि मैनापोखरीका स्थानीयहरु आफैं सक्रिय भएका छन् । केन्द्रीय सडक विभागमार्फत त्यसलाई व्यस्थित गर्नु पर्ने भए तापनि बजार क्षेत्रको नाली व्यवस्थित गर्नका लागि बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको पहलमै गाउँपालिकाबाट समेत अघिल्लो वर्ष लगानी भएको थियो ।
बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाकै पहलमा दैनिक फोहोर उठाउने काम सुरु भएको छ । वडा कार्यालयकै बजेटबाट गत हिउँददेखि फोहोर व्यवस्थापनका लागि ल्यण्डफिड साइड समेत निर्माण गरिएको छ । त्यसैगरी अथाभावी हुने पार्किङ व्यवस्थापनका लागि बसपार्कको निर्माण गरिएको छ ।
सडकको १५ मिटर भित्र पर्ने घरधनीले जथाभावी बनाएको भ¥याङ वडाध्यक्ष आफैंले भ¥याङ भत्काएको स्थानीयले बताए । राम्रो कामका लागि जनप्रतिनिधिको अभियानमा सबैले साथ दिएको स्थानीयहरुले बताए ।

Shares

Be the first to comment on "मैनापोखरी बजार क्षेत्रको सडक विस्तार सुरु"

Leave a comment

Your email address will not be published.


*