मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना

दोलखा – मेलुङ गाउँपालिकाको वडा नं. १ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। आज विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ तथा दोलखा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रूपमा उद्घाटन गरेसँगै उक्त चौकी सञ्चालनमा आएको छ। पालिकाका प्रवक्ता नवराज खड्काका अनुसार सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, वडा नं. १ का अध्यक्ष ईश्वर कोईराला, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख युवराज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार, चौकीमा हाल प्र.स.नि शिवहरी अधिकारीको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटाइएको छ। यो क्षेत्रमा पटक–पटक अपराधिक जन्य घटना बढेसँगै स्थानीयले प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना"

Leave a comment

Your email address will not be published.


*