दीक्षण समाचार /चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैँकमार्फत वितरण गरिने भएको छ । पालिकाको वडा–१ मा बाहेकको वडाहरुका लाभग्राहीलाई प्रथम त्रैमासिक किस्ता भत्ता सानिमा बैँक भेड्पु शाखाबाट वितरण गरिने भएको हो । पालिकाले एक सूचना जारी गर्दै बैँक खाता खोल्नुभएका लाभग्राहीहरुले आफ्नो वडाको पालो परेको मिति भित्र बैँकमा गई भत्ता थाप्न अनुरोध गरेको छ । भत्ता प्राप्त गर्न नागरिकता प्रमाणपत्र सक्कल प्रति र सामाजिक सुरक्षा भत्ताको पँहेलो कार्डको सक्कल प्रति साथ ल्याई आफैं उपस्थित हुनुपर्ने सूचना अधिकारी सन्तोष पौड्यालले बताउनुभयो । उहाँको अनुसार वडा–२ का लाभग्राहीका लागि भोलीसम्म, ३ का लागि भोलीदेखि मंसिर १ सम्म, ४ का लागि मंसिर २ गतेदेखि ८ गतेसम्म, ५ लागि मंसिर ९ गतेदेखि १४ गतेसम्म, ६ का लागि मंसिर १५ गतेदेखि २० गतेसम्म र ७ लागि मंसिर २१ देखि २४ गतेसम्म भत्ता प्रदान हुनेछ । सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि हालसम्म खाता नखोलेका लाभग्राहीहरुले आफ्नो वडाको पालो परेको अवधिभित्र खाता खोली भत्ता बुझनु भई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रमलाई सफल पारिदिन आग्रह गरिएको छ । खाता सानिमा बैंकका जुनसुकै शाखाबाट पनि खोल्न सकिनेछ । अन्यत्र शाखाबाट खाता खोल्नुभएको तर भेड्पु शाखाबाट भत्ता बुझन चाहने लाभग्राहीहरुले आफ्नो खाता नम्बर भेड्पु शाखालाई उपलब्ध गराएपश्चात् भत्ताको रकम झिक्न सकिने बताइएको छ । वडाबाट भत्ता वितरण गर्दा अनियमितता तथा दुरुपयोग भएपछि नेपाल सरकारले सम्पूर्ण स्थानीय तहमा बैँक पुगिसकेकोले बैँकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था अनिवार्य बनाएको हो । यसले गर्दा सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थिति बनेको छ ।
मेलुङ गाउँपालिकाले प्रथम त्रैमासिक भत्ता बैकबाट वितरण गर्दै
TOPICS:समाज
Posted By: दीक्षण दैनिक २४ कार्तिक २०७८, बुधबार १८:५७
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "मेलुङ गाउँपालिकाले प्रथम त्रैमासिक भत्ता बैकबाट वितरण गर्दै"