मेलुङ गाउँपालिकाले ग¥यो हस्पिटलसम्म पुग्नको लागि निशुल्क एम्वुलेन्सको व्यवस्था

चैत्र १२ दिपक बस्नेत
मेलुङ गाउँपालिका
दोलखाको मेलुङ पालिकाले भित्र जनतालाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा पालिकाले सम्वन्धित हस्पिटल सम्म पुग्नको लागि निशुल्क एम्वुलेन्सको व्यवस्था गरेको छ । मेलुङ गाउँपालिकाले अति आवश्यक काम बाहेक सार्वजनिक स्थानमा नजान र भिडभाड नगर्न आग्रह गर्दै भाइरस संक्रमणको लक्षण देखिएमा देखिएमा गाउँपालिकाको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अध्यक्ष नर बहादुर श्रेष्ठले अनुरोध गर्नु भयो ।
विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गदै मेलुङ्ग गाउँपालिकाले अतिआवश्यक सेवा बाहेकका अन्य सवै सेवा बन्द गरेको हो ।
मेलुङ्ग गाउँपालिकाले सूचना मार्फत चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह बन्द हुने जनाएको हो । मेलुङ्ग गाउँपालिका गाउँकार्यपालिका र मातहतका सम्पुर्ण वडा कार्यलयबाट हुने सेवाहरु स्वास्थ्य शाखा र सरसफाइका बाहेक सम्पुर्ण अन्य सेवा बन्द हुने जनाएको हो ।
।  अन्य मुलुकबाट पालिका भित्र प्रवेश गर्ने सम्पुर्ण महानुभावलाई आफ्नो स्वास्थ्य परिक्षण गराई सेल्फ क्वारेन्टाइनमा बस्नुहुन पनि अनुरोध गरेको छ ।
पालिका भित्र पाँच स्थानमा हेल्थ डेक्स संचालन गरेको हुदा जुनसुकै ठाउँबाट पालिका प्रवेश गर्ने महानुभावले हेल्थ डेक्समा सम्र्पक गरि स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरिएको पालिकाका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाले ग¥यो हस्पिटलसम्म पुग्नको लागि निशुल्क एम्वुलेन्सको व्यवस्था"

Leave a comment

Your email address will not be published.


*