चरिकोट(दीस)ः मेलुङ गाउँपालिकामा सहकारी समन्वय सञ्जाल गठन गरिएको छ । सो गाउँपालिका भित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुका पदाधिकारी तथा कर्मचारीहरुको भेलाले बुधवार सो सञ्जाल गठन गरेको हो ।
सञ्जालका संयोजक कुमार घिमिरे रहनु भएको छ । यसै गरी उपाध्यक्षमा रामकुमार कार्की, सचिव राजन धनुके तथा कोषाध्यक्षमा सम्झना खड्का रहनु भएको छ । यस्तै सदस्यहरुमा रंग बहादुर योगी, चेत बहादुर बि.क.,कमला चापागाईं,बाबुलाल तामाङ तथा चन्द्र बहादुर अधिकारी रहनु भएको मेलुङ गाउँपालिका सहकारी समन्वय सञ्जालले जानकारी दिएको छ ।कार्यक्रममा गाउँपालिकाका प्रमुख हिरा थोकर , उपप्रमुख गायत्री आर्चाय लगायतले मन्तब्य गर्नु भएको थियो ।
Be the first to comment on "मेलुङ गाउँपालिकामा सहकारी समन्वय सञ्जाल गठन"