मेलुङ गाउँपालिकामा श्रीमतीले अपहरणको नाटक गरेपछि

चरिकोट–श्रीमानको मोवाइलमा अपरिचत व्यतिmको नम्बर बाट श्रीमतीको अपहरण भएको म्यासेज आएपछि श्रीमानले प्रहरीलाई तुरुन्त खबर गर्दछन । उजुरी प्राप्त हुन साथ दोलखा प्रहरीले टोली नै बनाएर अपहरणकारीको खोजीमा जुट्छ । श्रीमती हराएको नभएर श्रीमानसँग पैसा असूल्न अपहरण भएको नाटक गरेको जव अपहरण भएकी श्रीमतीलाई बुधबार दोलखा प्रहरीले फेला पारे पछि पत्ता लागेको छ ।
वैसाख १ गते जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. २ बस्ने बर्ष २१ की अप्सरा कार्की (खड्का) आफ्नो घरबाट माईतीघर जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं. ८ जान्छु भनि गएकोमा केही घण्टामा नै सम्पर्क बिहीन भएकी थिइन । उनी सम्पर्क विहिन भएपछि काठमाडौमा काम गर्ने श्रीमान सुर्य बहादुर खड्काको “तिम्रो श्रीमती मेरो कब्जामा छ, श्रीमती चाहिने भए एक लाख रुपैया लिएर आउ, नभए तिम्रो श्रीमतीको लाश मात्र पाउने छौ मागे जति रकम तुरुन्तै लिई श्रीमतीलाई लिन आउनु “ भनि म्यासेज पठाए पछि पश्चात उनका श्रीमानले प्रहरीलाई तुरुन्त उजूरी दिनु भएको थियो ।
बुधबार खोजिको क्रममा दोलखा भिमेश्वर नगरपालिका वडा नंम्बर ९ स्थित पिंडालुबारी वस्ने वर्ष २४ को दिपक खत्रीसँग मिलेर अपरण नाटक गरेको खुलेको छ । अपहरणमा परेको भनिएकी श्रीमतीलाई  र दिपक खत्रीको प्रेमसम्बन्ध रहेको खुलेको छ । भागी कतै गइ सानो व्यवसाय गर्ने उद्धेश्यले व्यवसाय संचालन गर्न आवश्यक पर्ने रकमको व्यवस्था मिलाउन श्रीमानलाई त्यस्तो धम्कीपूर्ण मेसेज पठाएको कुरा प्रारम्भिक अनुसन्धानमा खुलेको दोलखाका सुचना अधिकृत प्रहरी निरीक्षक रेशम बोहराले जनकारी दिए । । निजहरु दुबैलाई “अपराधिक लाभ(एक्सटर्सन) लिन नहुने“ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको बताए ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा श्रीमतीले अपहरणको नाटक गरेपछि"

Leave a comment

Your email address will not be published.


*