मेलुङ गाउँपालिकामा राप्रपाको अधिवेशन सम्पन्न

तस्विर – कालिन्चोक गाउँपालिकामा राप्रपाको कार्यक्रमको फोटो फाइल

दोलखा दीक्षण समाचार /राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउँपालिका वडा नं. ५ र ६ को अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउँपालिका वडा नं. ५ डाँडाखर्कमा भएको भेलाले भीमबहादुर थापाको अध्यक्षतामा ९ (नौं) सदस्यिय कार्य समिति गठन गरेको छ भने मेलुङ गापागठन गरेको जिल्ला वडा नं. ६ को मेलुङमा भएको भेलाले. सदस्यिय वडा समिति गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सम्पादन समितिका सदस्य प्रेमबहादुर केसीले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको छुट्टा छुट्टै भेलाले समिति चयन गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिको गत माघ १५ गते वसेको बैठकको निर्णयबाट वडा, गाउँ÷नगर समिति गठन तथा सकृय सदस्यता वितरणको लागि केन्द्रिय सदस्य तथा जिल्ला नेताहरुको संयोजकत्वमा समिति वनाएर स्थानीय तहरुमा खटाएको थियो । यसैगरी मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पुको भेला १३ गते बुद्धचोकमा र १४ भीमेश्वर नगरपालिका वडा नं. १ सुष्पाक्षमावतीको भेला वडा कार्यालय नजिकै गर्ने राप्रपा दोलखाले जनाएको छ । पार्टीले आगामी चैत १० गते भित्र जिल्लाका ७४ वटै वडामा वडा समिति गठन गर्ने राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले बताए ।अधिबेशनले मेलुङगाउँपालिका वडा नं. ५ को भेलावाट अध्यक्ष भीमबहादुर थापा उपाध्यक्ष अनु थापा सचिवमा बालकृष्ण थापा र कोषाध्यक्षमा अर्जुन थापा चयन भएका छने भने सदस्यहरुमा कृष्ण थापा, एके विक, अम्वे विक, खेमध्वज विक र राजेन्द्र घतानी रहेका छन् ।त्यसैगरी राप्रपा मेलुङ वडा नं. ६ समितिको अध्यक्षमा रामकुमारी केसी उपाध्यक्ष ललितबहादुर भण्डारी सचिवमा निकिता ठकुरी र कोषाध्यक्षमा वेलकुमारी नेपाली चयन भएका छन् भने सदस्यहरुमा क्रमशः नारायण केसी, श्रीकृष्ण नेपाली, अम्विका भण्डारी, मोहन भण्डारी र मनिश भण्डारी रहेका छन् ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा राप्रपाको अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*