ईस्वर विक/चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको मेलमिलाप केन्द्र मार्फत् ९० वटा विवाद निरुपण भएको छ ।चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा पालिकाको सम्पुर्ण वडाका मेलमिलाप केन्द्र मार्फत उक्त संख्याको विवाद मिलाइएको हो ।शनिबार आयोजित न्यायिक समिति र मेलमिलाप कर्ताको अनुभव आदान प्रदान कार्यक्रम मेलमिलाप कर्ताले मेलमिलाप सम्बन्धि तथ्याङ्क प्रस्तुत गरेका थिए ।
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना र न्यायिक समिति सहयोगमा भएको कार्यक्रममा न्याय सम्पादनको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै पालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक कल्पना भण्डारीले मेलमिलाप केन्द्र र न्यायिक समितिले समाजमा शान्ती स्थापनाका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन् । न्यायिक समिति रमेलमिलाप केन्द्रलाई थप कानुनी ज्ञान र तालिमको आवश्यकता रहेको उनले बताइन् ।
कार्यक्रम भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले न्यायिक समिति र मेलमिलाप केन्द्रले निष्पक्ष ढंगले दुवै पक्षको जित हुने गरि न्याय निरुपण गर्ने भएकाले यसको प्रभावकारिता बढ्दै गएको बताइन् ।
मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले गाउँमा हुने गरेको सामान्य किसिमका अन्धविश्वास र कुरुतिबाट सिर्जित झैझगडा एवं विवादलाई मेलमिलापमा परिणत गर्ने समिति र केन्द्र फाटेको मन सिउने सियो बनेको बताए ।
पालिकाको ७ वटै वडाको प्रतिनित्व हुने गरि मेलमिलाप केन्द्रका संयोजक तथा सदस्यहरु, न्यायिक समिति, जनप्रतिनिधी लगायतको उपस्थितिमा पालिका स्तरीय अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
प्राकृति स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका जिल्ला सहजकर्ता सहदेव खड्का सामुदायिक मेलमिलाप समन्वय समितिका संयोजक रामशरण वली,वडा नम्बर ३ का अध्यक्ष तथा पालिकाका प्रवक्ता हिरा कुमार तमाङ, वडा नम्बर ७ का अध्यक्ष नवराज खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक मेलमिलाप जिल्लाको ७४ वटै वडा र न्यायिक समिति ९ वटै पालिकामा रहेकोले न्यायका लागि अदालत जानुपर्ने बाध्यता हटेको जिल्लाावासीहरु बताउँछन् । जिल्लाभर तालिमप्राप्त ६ सय भन्दा बढी मेलमिलाप कर्ताहरु रहेको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले जनाएको छ । न्यायिक समिति र मेलमिलाप समितिले देवानी प्रकृतिका मुद्धा फर्याैट गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
Be the first to comment on "मेलुङ गाउँपालिकाको ९० वटा विवाद मिल्यो"