मेलुङ गाउँपालिकाको ३९ जनालाई अपाङ्ग परिचयपत्र वितरण

दीक्षण समाचार
चरिकोट, माघ १
दोलखाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग परिचयपत्र वितरण गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले ५ जनालाई क वर्ग, ५ जनालाई ख वर्ग, १९ जनालाई ग वर्ग र १० जनालाई घ वर्गको परिचपत्र वितरण गरिएको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूले राज्यको सेवासुविधा र अवसर सहजै पाउन् भनेर परिचयपत्र वितरण गरिएको उहाँको भनाई थियो । अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको संरक्षण तथा संवर्द्धन गर्न, सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन पालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले बताउनु भयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको ३९ जनालाई अपाङ्ग परिचयपत्र वितरण"

Leave a comment

Your email address will not be published.


*