ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ७
दोलखाको मेलुङ गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदमा हिरा थोकरलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको छ । बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि एमाले दोलखाले हिरा थोकरलाई सर्वसम्मत उम्मेद्वार बनाउन सिफारिस गरेको हो । पार्टीको जिल्ला सचिव समेत रहेका थोकर पालिकाको बहालवाला जनप्रनिनिधि हुनुहुन्छ । उहाँ मेलुङ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ वडाध्यक्ष हुनुहुन्छ । अन्य आकांक्षीहरुको समर्थनपछि थोकर पालिकाका अध्यक्ष पदको सर्वसम्मत उम्मेद्वार हुनुभएको हो । स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिकामा अध्यक्ष पदमा एमालेको तर्फबाट पार्टी सचिव हिरा थोकर र कांग्रेसका तर्फबाट पार्टी सभापति बर्मा लामाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस दोलखाले सभापति लामालाई केही दिनअघि मेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । बर्मा लामा २०७४ सालको निर्वाचनमा पालिकाको अध्यक्ष पदको प्रत्यासी हुनुहुन्छ । यो निर्वाचनमा जनजाति समुदायका दुई नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।
Be the first to comment on "मेलुङ गाउँपालिकाको अध्यक्षमा हिरा थोकर सर्वसम्मत उम्मेद्वार"